विवाह बारे यस्तो भन्छिन् कट्रीना
एजेन्सी । बलिवुड अभिनेत्री कट्रिना कैफले आफ्नो विवाह बारेमा मुख खोलेकी छन् । एक अन्तर्वार्तामा कट्रिनाले अभिनेता विक्की कौशलसँग डिसेम्बरमा विवाह हुन लागेको खबर झुटो भएको बताएकी हुन् ।
भारतीय मिडियामा कट्रिना र विक्कीले आगामी डिसेम्बरमा विवाहको तयारी गरेको समाचार प्रकाशित भएको थियो ।
अन्तर्वार्तामा कट्रिनाले आफ्नो विवाहको खबर सत्य नभएको बताउदै पछिल्लो १५ बर्षदेखि यस्तो खबर चलिरहेको प्रतिक्रिया दिएकी छन् । कट्रिनाले भनेकी छन्, यो कुरामा कुनै सत्यता छैन । मैले विवाह गर्ने योजना बनाएकी छैन । हरेक पटक मसँग प्रश्न गरिन्छकी विवाह कहिले हुनछ ? पछिल्लो १५ बर्षदेखि यहि प्रश्न सोधिदै छ ।
पछिल्लो समय कट्रीना र विक्की प्रेम सम्बन्धमा रहेको विभिन्न मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । कट्रिनाको फिल्म सुर्यबंशी रिलिजको तयारीमा रहेकाले मिडियामा यस्तो खबर फैलाइएको अनुमान गरिएको छ ।