हजारौं शरणार्थी अष्ट्रिया प्रवेश, पैदलै राजधानी पुग्नेको संख्या धेरै
विगत केही दिनेदेखि हङ्गेरीको सीमामा रहेको करिव ६,००० आप्रवासी अष्ट्रियाले उनीहरूको लागी प्रवेश खुला गरिदिएपछि पैदल हिडेरै पनि अष्ट्रिया पुगेका यहाँको प्रहरीले जनाएको छ । रेलमा जान सम्भावना नभएपछि बाटोमा अलपत्र परिरहेका अप्रवासी शरणार्थीहरुको पै्रदल हिडेरै अष्ट्रियातिर लागेका थिए । उनीहरूले निकल्सडफमा पहिलो विश्राम गरेका छन् । केही शरणार्थी भने अझै निकल्सडफका लागि हिडिरहेका बताइएको छ । शरणार्थीलाई आफ्नो देश प्रवेश खुल्ला गरिदिएपछि अष्ट्रियाले केही बस र रेल सेवा समेत उनीहरुका लागी थप गरिदिएको बुझिएको छ । सिन्ह्वा सम्वाददाताले बताएअनुसार अष्ट्रियाली सरकारले धेरै आप्रवासीका लािग सिरियादेखि भियनाका लािग रेल तथा बसको सेवा प्रदान गरको छ । हङ्गेरीमा केही दिनेखेखि अलपत्र अरु शरणार्थी जर्मनीतिर पनि गएको जनाइएको छ । यस अघि, अष्ट्रियाका चान्सलर भर्नर फेम्यानले उनको देश र जर्मनीले आप्रवासीलाई हङ्गेरी पार गरी आफ्नो देश आउनदिने सहमति गरेका थिए । अष्ट्रियालका गृहमन्त्री जोहना माइकल लेटनरले आफ्नो देशले आप्रवासीको प्रवेशमा कुनै किसिमको रोक नलागउने बताउनुभएको छ । शरणार्थी कुनै रोकवटविना अष्ट्रिया प्रवेश गर्नसक्नेछन् ।