गच्छदारको मोर्चा संविधानको प्रक्रियाबाट अलग


Rss_Images_1441293667799_RoS- ktm- Bijaya kumar  Gachhedar2मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छेदारको नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेको छ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्रस्तुत गरेको संशोधनले मुलुकमा विद्यमान द्वन्द्व समाधान नगर्ने निष्कर्षसहित मोर्चा संविधानसभाका प्रक्रियाबाट अलग हुने निष्कर्षमा पुगेको हो । मधेसी, आदिवासी, जनजाति, मुस्लिम र थारु समुदायले अपेक्षा गरेअनुरुप प्रमुख तीन दलबाट संशोधन प्रस्ताव नआएकाले आफूहरु यो निर्णयमा पुग्न बाध्य भएको फोरम (लोकतान्त्रिक)का प्रमुख सचेतक योगेन्द्र चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्व निम्त्याउने संविधानमा साक्षी बस्न नसक्ने ठहर गर्दै, संविधानसभाका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरिएको हो ।” मोर्चामा आबद्ध फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) को बसेको संयुक्त बैठकले संविधान लेखनको हालसम्मको चरणमा पार्टीले जिम्मेवारपूर्ण रुपमा योगदान पु¥याएको ठहर गरेको थियो । फोरम लोकतान्त्रिकको संविधान लेखनको योगदानलाई प्रमुख राजनीतिक दलले अवमूल्यन गरेकाले अब जनताका माझमा जाने निर्णय गरेको सचेतक चौधरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?