आईएस लडाकूद्वारा सिरियाको प्रमुख तेल खानी नियन्त्रणमा


isisइस्लामिक स्टेट (आईएस) लडाकूले मध्य सिरियामा अवस्थित राष्ट्रकै प्रमुख तेल उत्पादन केन्द्रलाई सोमबार सरकारबाट आफ्नो नियन्त्रणमा लिएको एक मानवअधिकार पर्यवेक्षण समूहले जनाएको छ । सिरियाको होम्स प्रान्तको अल जाजल तेल उत्पादन केन्द्रलाई आफ्नो पडकमा लिन उक्त समूहले कडा सङ्घर्ष गरेको लण्डनमा अवस्थित सिरियाली मानवअधिकार पर्यवेक्षण समूहले जनाएको छ । पर्यवेक्षण समूहका अनुसार यो नै सिरियाली सरकारको नियन्त्रणमा रहेको अन्तिम तेल उत्पादन केन्द्र थियो । कुर्दिस लडाकूले उत्तरी सिरियामा रहेको रमैलान तेल प्रशोधन केन्द्रलाई सरकारको पकडबाट आफ्नो कब्जामा लिनुपूर्व दैल¬–अलजावर तेल तथा ग्यास खानीलाई यहाँको विद्रोही समूहले नियन्त्रणमा लिएको थियो । पछिल्लो पटक विद्रोहीले कब्जा जमाएको अलजाजल तेल प्रशोधन केन्द्र नजिकै विद्रोही समूह तथा सरकारी सेनाबीच सोमबार पनि झडप भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?