इजरायली प्रधानमन्त्री नेतन्याउ दुईदिने बेलायती भ्रमणमा


** FILE ** In this Feb. 11, 2009 file photo, Israel’s Likud Party leader Benjamin Netanyahu addresses supporters at the Likud election headquarters at the convention center in Tel Aviv. Far-right politician Avigdor Lieberman endorsed Benjamin Netanyahu for Israeli prime minister on Thursday, Feb. 19, 2009, all but guaranteeing that the U.S.-educated hawk will be the country’s next leader. (AP Photo/Bernat Armangue, File)

File Photo / Agency

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याउ आफ्नो दुईदिने बेलायत भ्रमणका लागि बुधबार लन्डन जानुभएको छ । बेलायतमा रहँदा उहाँले बेलायती प्रधानमन्त्री डेभिड म्यामरुनसँग प्यालेस्टिनी तथा युरोपेली मुलुकसँग इजरायली बस्तीमा उत्पादित सामानमा प्रतिबन्ध नलगाउनका लागि शान्ति वार्ता गर्न पहल कदमी लिने बारेमा छलफल गर्नुहुनेछ । पछिल्लो समयमा युरोपेली महासङ्घले इजरायली यहुदीहरूको वेस्ट बैंकस्थित बस्तीमा उत्पादन हुने सामानमा प्रतिबन्ध लगाउने युरोपेली मुलुकहरूले अभियान चलाएको बताइएको छ । वेस्ट बैंक सन् १९६७ मा मध्यपूर्वी युद्धताका इजरायलको अधिनस्थ इलाका भएको तर भविष्यमा प्यालेस्टिनी राज्यको भूभाग हुने भएकाले युरोपेली युनियन सम्बद्ध राष्ट्रहरूले उक्त अभियान चलाउन लागेको दुई देशीय समाधानका लागि बनेको संयन्त्रले बताएको छ । अन्तर्राष्ट्रिय समुदायले युहदीहरूको यहाँको बस्तीलाई अवैधानिक मान्दछ र सामानमाथिको प्रतिबन्ध लगाउने अभियानले इजरायललाई पुनः शान्ति वार्तामा बस्न बाध्य पार्ने युरोपेली कूटनीतिज्ञको विश्वास रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?