‘प्राप्त उपलब्धि जोगाउन जति सक्दो चाँडो संविधान’


एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले हाल प्राप्त उपलब्धिलाई टेकेर थप उपलब्धि हासिल गर्न थारू समुदायलाई आग्रह गर्नुभएको छ । थारू राष्ट्रिय मुक्ति मोर्चाको विशेष राष्ट्रिय भेलालाईसम्बोधन गर्दै अध्यक्ष दाहालले दलित, महिला, मधेसीलगायत सम्पूर्ण उत्पीडित समुदायको प्राप्त अधिकार गुम्ने सम्भावना हुने हुँदा आन्दोलनभन्दा पनि सहमतिबाट अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । शुक्रबार हुने तीन दलको बैठकमा थारू समुदायले उठाउँदै आएको मागका सम्बन्धमा छलफल गरिने र यदि त्यहाँबाट सम्बोधन नभएका खण्डमा मात्र जायज मागका लागि आन्दोलन गर्ने बारे पार्टीले छलफल गर्न सक्ने उहाँले बताउनुभयो । सोही पार्टीका नेता डा बावुराम भट्टराईले थारू समुदायका मागलाई सम्वोधन गर्न आपूmले विशेष समितिमा पहल गरिहेको बताउनुभयो । पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनयुद्धका उपलब्धिलाई संस्थागत गर्नका लागि पनि जति सक्दो चाँडो संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । मुक्ति मोर्चाका कावा अध्यक्ष तथा सभासद् सन्तकुमार थारूले जति सक्दो चाँडो थारू समुदायका माग पूरा गर्न आग्रह गर्नुभयो । आन्दोलनरत भेलामा सहभागीले थारू समुदाय सहमतिमा आउने सङ्केत देखिएको हुँदा केही दिनका लागि संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने माग गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?