झापामा १० किलो सुन लिएर काठमाडौं आउँदै गरेका सोनाम पक्राउ


goldभद्रपुर विमानस्थलबाट अवैध रुपमा काठमाडौँ लैजान लागिएको अवस्थामा १० किलो सुनसहित एक जना पक्राउ परेका छन् । भद्रपुरबाट काठमाडाँै जान लागेको बुद्ध एयरलाइन्सको फ्लाइट नं ९५६ बाट काठमाडौँ जान लागेका ललितपुर घर भएका सोनाम गुरुङ सो परिमाणको सुनसहित पक्रउ परेको प्रहरीले जनाएको छ । प्रहरीले जाँच गर्दा राईले जुत्तामा लुकाएको अवस्थामा सुन फेला पारेको हो । यति ठूलो परिमाणमा झापामा सुन पहिलो पटक बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक पुष्कलराज रेग्मीले बताउनुभयो । अभियुक्त गुरुङ भारतबाट सुन तस्करी गिरोहको भरिया हुन सक्ने प्रहरीको अनुमान छ । यसैबीच, सुनचाँदी चोरी गरेर ल्याउनेबाट सुन खरिद गरेको फेला परेपछि कञ्चनपुर सुन चाँदी व्यवसायी समितिका अध्यक्ष धनबहादुर लामिछाने पक्राउ परेका छन् । गत शनिबार भीमदत्तनगरपालिका–१४ वनकट्टिस्थित राम गिरीको घरबाट चोरी भएको डेढ तोला सुन लामिछानेले खरिद गरेको फेला परेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोका प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले बताउनुभयो । गिरीको घरबाट सुन चोरीमा संलग्न वनकट्टिका सुविना गिरी र बिक्रीमा संलग्न लक्ष्मी औजीलाई समेत पक्राउ गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?