सडकबाट होइन वार्ताबाट समाधान खोज्न मन्त्री पण्डितको आग्रह


g]skf -Pdfn]_ xl/jg gu/ sld6Ln] cfof]hgf u/]sf] sfo{stf{ e]63f6df af]Nb} ;fdfGo k|zf;g dGqL nfnafa’ kl08t . tl:a/ M 6+saxfb’/ If]qL, /f;;

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सडकमा आन्दोलन गर्नुको सट्टा संविधानसभाबाट समाधान खोज्न आन्दोलनरत दललाई आग्रह गर्नुभएको छ । वामपन्थी नेता प्रभुनारायण चौधरीको छैटौँ स्मृतिमा आयोजित समारोहमा मन्त्री पण्डितले संविधानसभा हुँदाहँुदै सडकबाट संविधान जारी हुन नसक्ने बताउनुभयो । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले वर्तमान संविधानसभाले जनताको चाहनाअनुरुपको संविधान दिन सक्दैन भन्दै नयाँ ढङ्गबाट आन्दोलनलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले वर्तमान संविधानसभाले आदिवासी जनजाति, महिला, दलित, मधेसी र मुसलमान युगौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकारलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?