दीपावली गर्न प्रधानमन्त्रीको आह्वान


sushilनेपालको नयाँ संविधान आजको संविधानसभा बैठकबाट पारित भएपछि प्रमुख दलका शीर्ष नेताले यस घटनालाई ऐतिहासिक भन्दै अब मुलुकमा स्थिरता र समृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली जनताको २००७ सालदेखिको सपना पूरा भएको बताउनुभयो । सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “सबैको योगदानबाट आज संविधान पारित भएको छ, म सबैलाई बधाई दिन्छु र दीपावलीका लागि आह्वान गर्छु ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?