पाकिस्तनी आतंककारीलाई भारतीय सेनाले गरे कारवाही


india pakभारतीय सेनाले सशस्त्र हतियारधारी पाकिस्तानी आतङ्ककारी भारत प्रशासित काश्मिर छिर्ने प्रयास गर्दै गर्दा गरेको कारबाहीमा कम्तिमा पाँच जना पाकिस्तानी विद्रोही लडाकूको मृत्यु भएको छ । भारत–पाकिस्तानको सीमा क्षेत्र काश्मिरको गरेज इलाकामा हतियारसहित प्रवेश गर्दै गर्दा सेनाले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको श्रीनगरस्थित सैन्य प्रवक्ता लेफ्टिनेन्ट कोलेनल एन.एन. जोशीले बताउनुभयो । सीमा छिर्दै गर्दा बिहीबार राति उनीहरूसँग पहिलो सम्पर्क भएको र दशगजा क्षेत्रमा उनीहरूले प्रवेश गरेपछि कारबाही सुरु भएको जोशीले बताउनुभयो । भारत प्रशासित क्षेत्रमा प्रवेश गर्ने क्रममा उनीहरूलाई पिछा गरिएको थियो । मृतक तथा उनीहरूको समूहको विस्तृत विवरण आइनसकेको प्रवक्ता जोशीले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?