सातौँ राष्ट्रिय खेलकुदको मस्कट अर्ना


????????????????????????????????????????????????????????????????????पूर्वाञ्चलमा आगामी मसिङ्र ७ देखि हुने सातौँ राष्ट्रिय खेलकुदका लागि आज प्रतीक चिह्न तथा शुभङ्कर प्रतीक(मस्कट) सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा आज आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सूर्य र चन्द्राङ्कित प्रतीक चिह्न तथा अर्नाअङ्कित मस्कट सार्वजनिक गर्नुभएको हो । सो प्रतीक चिह्न खिमराज श्रेष्ठले र मस्कट सन्तोष विष्टले निर्माण गर्नुभएको हो । रातो पृष्ठभूमिलाई अर्ध गोलाकार रुपमा नीलो रङले घेरिएको राष्ट्र र राष्ट्रियता झल्कने प्रतीक चिह्नबापत श्रेष्ठलाई रु ४५ हजार मस्कटबापत विष्टलाई ३५ हजार प्रदान गरिएको राखेप सदस्यसचिव केशव विष्टले जानकारी दिनुभयो । दक्षिण एसियामा नै दुर्लभ मानिएको नेपालको पूर्वी क्षेत्रमा पाइने अर्नालाई मस्कटका रुपमा प्रयोग गर्न लागिएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?