कठपुतली बनाउने प्रयास नगर्न एमाले नेता नेपालको चेतावनी
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो देशको हितमा निर्णय लिन नेपाली जनता सक्षम रहेको बताउनुभएको छ । नेकपा (एमाले) क्षेत्र नं ४ ले नयाँ संविधान जारी भएको खुसियालीमा पोखरामा आयोजित चियापान समारोहमा उहाँले नेपाली जनताको यस्तो निर्णयलाई छिमेकी ठूला प्रजातान्त्रिक मुलुकले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । आफ्नो देशबाट भारत र चीन विरोधी गतिविधि हुन नदिने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो – “सहयोग गरेँ भन्दैमा स्वतन्त्र राष्ट्रलाई कसैले पनि कठपुतली बनाउन खोज्नु हुन्न ।” नयाँ संविधानको घोषणासँगै राजनीतिक सङ्क्रमण टुङ्गिएका अब मुलुकलाइै आर्थिक विकास र समृद्धितिर डो¥याउन सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ सरकार गठनसँगै देश निर्माणको काम अघि बढ्ने बताउनुभयो । उहाँले नयाँ संविधानले सङ्घीयता, समावेशी र सामाजिक न्यायका विषयलाई पनि समेटेकाले यसबाट मधेसी समुदायको माग पनि सम्बोधन भएको दाबी गर्नुभयो ।