दुर्घटनापछि साउदी सरकारको व्यापक आलोचना, हज कमिटीमा पुनर्विचार गर्न राजाको आदेश
साउदी अरेबियाको मक्का मदिनामा बिहीबार भएको भागदौडका कारण कम्तीमा पनि ७१७ जनाको ज्यान गएपछि साउदी सरकारको व्यापक आलोचना भएको छ । सो घटनामा सुरक्षा कमजोरी रहेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी साउदी सरकारले लिनुपर्ने भन्दै सरकारको आलोचना गरेका छन् । साउदी अरेबियाको मक्का नजिकैैको अर्काे नगर मिनामा हजयात्रीबीच भएको भागदौडका क्रममा वार्षिक हजका क्रममा मक्का पुगेका मुस्लिम नागरिक मारिएका हुन् । भागदौडका क्रममा ७१७ जनाको ज्यान गइसकेको छ भने अरु सयौँ घाइते भएका छन् । घाइतेको उपचार जारी रहेको सायदी अधिकारीहरुले जनाएका छन् । घटनास्थलमा कैयौँ शव छरपष्ट रहेका छन् । भूईंमा छरिएर रहेका शवलाई अझैसम्म पनि हटाउन सकिएको छैन । शवको वरिपरि आफन्तहरुले विलाप गरिरहको दृश्य पनि देखिएका बताइन्छ । त्यसैगरी पानीका बोत्तलदेखि मृतकहरुका सरसामाग्रीहरु पनि छरिएर रहेका देखिएको छ । उद्वारकर्मीहरुले घटनास्थलमा पुगेर घाइतेलाई अस्पतालसम्म पु¥याइरहेका छन् । साउदी अरेबियाका राजा सलमानले त्यहाँको हज कमिटीको पुनर्विचार गर्न आदेश दिनुभएको छ ।
उहाँले सो कमिटीको नेतृत्वले सुरक्षामा भएको कमजोरीको बारेमा विश्लेषण गर्न आदेश दिनुभएको बताइएको छ । साउदी अरेबियाको कानुन बमोजिम सो हज कमिटीको नेतृत्व त्यहाँका युवराजले गर्ने गर्छन् । तर सो कमिटीको कामका बारेमा प्रश्न उठाइएको बताइएको छ । साउदी अरेबियाका स्वास्थ्यमन्त्री खालिद अल फालिहले भने यसमा हजयात्रीकै गल्ती रहेको बताएका छन् । उनले भने– सुरक्षामा कुनै कमी होइन, तर हजयात्रीहरुले नै भीडभाड गरेका कारण यस्तो भएको हो । लाखौँको भीडले सैतानलाई ढुङ्गा हान्ने कार्यक्रम रहेको तर सो ढुङ्गा हान्ने क्रममा भएको भीडभाडलाई नियन्त्रण गर्नै नसकिएकोले यस्तो दुर्घटना हुन पुगेको समाचारमा जनाइएको छ । साउदी अरेबियाका गृहमन्त्रीले सुरक्षामा कमी भएको भन्ने भनाइको खण्डन गरेका छन् । उनले सुरक्षामा कुनै कमी आएको होइन, लाखौँको भीड आफै अनियन्त्रित भएको हो भन्नुभयो । यतिखेर साउदी अरेबियामा विश्वका लाखौँ लाख मुस्लिम नागरिक जम्मा भएका छन् । हजका लागि विश्वका करिब २० लाख मुस्लिम जम्मा भएका अधिकारीहरुको भनाई छ ।
इरानमा प्रदर्शन
सुरक्षाको कमजोरीका कारण बिहीबार मक्कामा ७१७ जना तिर्थालुको मृत्यु हुन गएको भन्दै इरानका अधिकारीहरुद्वारा साउदी अरब तथा हज समितिविरुद्ध प्रदर्शन गरेका छन् । सुरक्षा कमजोरीका कारण भएको उक्त दुर्घटनाको जिम्मेवारी साउदी सरकारले लिनुपर्ने भन्दै इरानी अधिकारी तथा विरोधमा उत्रिएका इरानी जनताले सरकारको व्यापक आलोचना गरेका हुन् । शुक्रबारै हजका लागि सहभागी हुन गएका तिर्थालुमध्ये १३१ इरानी नागरिक परेको र उनीहरुको आत्माको शान्तिका लागि शोक सभासमेत गरिएको थियो । साउदी अरबले तीर्थयात्रुको व्यवस्था गर्न नसक्दा उक्त घटना हुन पुगेको उक्त सभामा इरानका सर्वोच्च नेता आयतोला मोहमद इमामी कासनीले एक साप्ताहिक इस्लामिक प्रार्थनाका अवसरमा गरिएको कार्यक्रमकाबीच बताउनुभयो । उहाँले भन्नुभयो¬, “हज व्यवस्थापन समितिसम्बन्धी जिम्मेवारी अरब एक्लैले गर्न नसक्ने भन्दै यो जिम्मा इस्लामिक राज्यहरुलाई दिनुपर्ने बताउनुभयो ।” प्रार्थनापछि दर्शनार्थीहरुले जम्मा भई अरबको ‘अविवेकी तथा असक्षम शासन सत्ता’ विरुद्ध आन्दोलन गरेको इरानको मुस्लिम धर्म समन्वय परिषद्ले जनाएको छ ।