भूमा लिम्बु ओसेनिया क्षेत्रीय संयोजक पदमा उम्मेद्वारी दिँदै
आगामी अक्टोबर १४ देखि काठमाडौंमा हुने गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलनमा अष्ट्रेलियाकी भुमादेवी लिम्बुले ओसेनिया क्षेत्रीय संयोजक पदमा उम्मेद्वारी दिने बताएकी छिन् । अहिले ओसेनिया क्षेत्रीय उपसंयोजकको पदमा कार्यरत उनले एमएनटीभीसँग कुरा गर्दै भनिन् “विश्व सम्मेलनमा सहभागी हुने अष्ट्रेलियाका प्रतिनिधिहरुलाई काम हेरेर, एजेन्डा हेरेर भोट दिन आग्रह गर्दछु । मेरो अनुभवमा आईसीसी र एनसीसीहरुको बीचमा सञ्चारमा समस्या छ । म कम्युनिकेटर भएर काम गर्नेछु ।” लिम्बुले भनिन्, “नेपालाम भूकम्प गएको बेला त्यहाँ करिब ४ हप्ता बसेर मैले स्वास्थ्य शिविरहरु सञ्चालन समेत गरेको थिएँ । म एक नर्स समेत भएकोले स्वास्थ्य क्षेत्रमा काम गर्न चाहन्छु ।” यसैगरी एनआरएनले पुनिर्माणको चरणमा एक हजार घर बनाउन लिएको पहलमा सहयोग गर्ने पनि उनको चाहना छ । नेपाली गीत संगीत र संस्कृति प्रबद्र्धन गर्न समेत आपूmले विशेष जोड दिने लिम्बुले बताइन् । सन् २००५ मा एनआरएनमा आबद्ध भएकी लिम्बुसँग एनआरएन अष्ट्रेलियाका विभिन्न पदमा रहेर काम गरिसकेको अनुभव छ । यसअघि क्षेत्रीय संयोजक पदमा अष्ट्रेलियाबाटै महेन्द्र लम्सालले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।