मेलबर्नको पासपोर्ट सेसनमा एकैदिन ३ सय आवेदन संकलन


आगामी नोभेम्बर २४ देखि हस्तलिखित राहदानी पूर्णत प्रतिस्थापित गर्ने अभियान अन्तर्गत यतिबेला नेपाली नागरिकहरुलाई राहदानी वितरणको कार्य भइरहेको छ । यसपछि अन्तर्राष्ट्रिय अभिसन्धीहरुका कारण हस्तलिखित राहदानी बोक्ने नेपालीले त्यसैका आधारमा यात्रा गर्न पाउने छैनन् । यसैक्रममा अष्ट्रेलियाका विभिन्न शहरमा पनि एमआरपी सेसन चलिरहेका छन् । मुख्यतः क्यानबेरामा रहेको नेपाली दूतावासम्म समय अभावका कारणले पुग्न नसक्नेहरुलाई लक्षित गरी सञ्चालित यस्ता एमआरपी सेसनहरुबाट मनग्गे नेपाली लाभान्वित भएका छन् । पछिल्लो पटक मेलबर्नमा आयोजना गरिएको एमआरपी सेसनबाट पनि एकै दिन ३ सय जना लभान्वित भए । vicएलिजावेथ स्ट्रीटमा रहेको भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूतको कार्यालयमा आयोजना गरिएको यस कार्यक्रमका लागि दूतावासबाट डेप्युटी चिफ अफ मिशन राजेन्द्र पाण्डे स्वयं मेलबर्न पुगेका थिए । एनआरएन अष्ट्रेलिया भिक्टोरिया राज्य समिति र अन्य स्थानीय संगठनहरुको सहकार्यमा दूतावास र महावाणिज्यदूतको कार्यालयले सञ्चालन गरेको एमआरपी सेसनमा आफैंले भरेका फर्महरु बुझाउनेदेखि फर्म सच्याउनेसम्मको सुविधा उपलब्ध गराइएको थियो ।vic1 कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन, डेप्युटी चिफ अफ मिशन राजेन्द्र पाण्डे लगायतले सुरुमा एमआरपी आवेदन भर्दा हुनेगरेका गल्तीका विषयमा जानकारी दिएका थिए । एमआरपी सेसन सकिएपछि एमएनटीभीसँग कुरा गर्दै महावाणिज्यदूत योञ्जनले एकैदिन ३ सयभन्दा बढी व्यक्तिले आवेदन दिएबाट अझै पनि एमआरपी बनाउन बाँकी व्यक्तिहरु रहेका हुन सक्छन् भन्ने हाम्रो आंकलन छ । यस एमआरपी सेसनमा आउन नसक्नेहरुले पनि हुलाकमार्फत आफ्नो निवेदन दूतावासम्म पठाउन सक्छन् । यसका लागि कुनै जानकारी चाहिए महावाणिज्यदूतको कार्यालयमा आएर जानकारी लिन सकिनेछ । हामी उहाँहरुलाई सघाउन सदैव तयार छौं ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?