भारतीय नाकाबन्दीको विषयमा एनआरएनको धारणा सार्वजनिक, वार्तामार्फत समस्या हल गर्न आग्रह
एनआरएनका अध्यक्ष शेष घलेले एक विज्ञप्ति प्रकाशित गर्दै देशको अहिलेको असहज परिस्तििको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । विश्वभर रहेका नेपालीहरुले देशमा नाकाबन्दी लाग्दा समेत एनआरएनले किन नबोलेको होला ? भनेर प्रश्न गरिरहेको सन्दर्भमा यो धारणा सावृज्निक भएको छ । हेरौं विज्ञप्तिको पूरा अंश ।
“बैशाख १२ को विनाशकारी भुकम्पको आलोघाउबाट तंग्रिन पुननिर्माण र नवनिर्माणको चरणमा प्रवेश गर्न तयारी भैरहेको र जनताका प्रतिनिधिबाट आफनो संविधान आफै लेख्ने झण्डै ६५ बर्षदेखिको लामो सपना र विगत आठबर्षको अथक प्रयासबाट सफल हुन सकेको छ। नयाँ संविधानको घोषणा हुनु सबैकालागि हर्षको विषय हो । संविधान देशको आर्थिक विकासका लागि जगहाल्ने एउटा कोशेढुङ्गा हुने विश्वास गरिएको छ । सदाझैयस पटक पनि हामी गैरआवासिय नेपालीहरु विश्वसम्मेलन आयोजनागर्न विश्वका विभिन्न ७१ देशबाट यहि असोज महिनामा नेपालीको महानचाड दशैको मुखमा र संविधान जारी भएको अवसरमा बडो उत्साहपुर्वक मातृभुमिमा आउँदैछौ ।
नयाँ संविधानको घोषणासँगै नेपालमा असहज परिस्थितिको सिर्जना भई अत्यावश्यक दैनिक उपभोग्य बस्तुको नियमित आपुर्ति मा बाधाव्यवधान आई देशभरिनै र खासगरि दैनिक मजदुरीगरि जीवन निर्वाह गर्ने निम्न वर्गीय समुदायमा प्रत्यक्ष प्रभाव पर्नगएकोमा हामीगैरआवासियनेपालीहरु मर्माहत भएका छौ । महान चाडदशैको पुर्वसन्ध्यामा भारतमा कामगर्ने लाखौ नेपालीहरु र नेपालमा काम गर्ने भारतिय लाई असहज परिस्थितिमा आवतजावत गर्ननै कठिन भएकोथाहा पाउँदा हामी अत्यन्तै दुखी भएका छौ।
वर्तमान असहज अवस्थालाई दृष्ट्रिगत गर्दै विश्वमा उदाहरणिय दौत्यसम्बन्ध कायमराख्दै आएका दुई छिमेकी मुलुकहरु नेपाल र भारतले इमान्दारी पुर्वक आपसी छलफलगरि हालको जटिलतालाई यथासम्भव सम्बोधन गरि सामान्य परिस्थितिमा रुपान्तरण मार्फत देशको आर्थिक विकास र समृद्धितर्फ उन्मुख हुने वातावरण निर्माणमा सकारात्मक भुमिका निर्वाह गर्न सम्बन्धित सबैमा हार्दिक आव्हान गर्दछु।”
पुनस्निर्माणमा सहकार्यबारे एनआरएनए र नेपाली सेनावीच छलफल
यसैबीच, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसहित नेपाली सेनाका उचस्थ पदाधिकारीहरुसंग भेट गरी भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण हुन सक्ने सहकार्यबारे छलफल गर्नुभएको छ । छलफलका क्रममा अध्यक्ष घलेले प्रथम चरणको भूकम्प पीडितहरुलाई राहत वितरण कार्यमा नेपाली सेनाले संघलाई पुर्ाएको सहयोग र योगदानको प्रशंसा गर्दै सेनाको कार्यकुशलताबाट आफू निकै प्रभावित भएको बताउनुभयो । उहाँले नेपाली सेनाले नेपालको पुनस्निर्माणमा अहंम र महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको वताउनु भयो । समय समयमा मातृभूमिमा आइपर्ने विपत्तिहरुको लागि संघले संधै विश्वभरका नेपालीहरुबाट सहयोग संकलन गरी पीडितहरुको उद्धार र सहयोग गरिरहेकोमा यस्ता कार्य अझ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न र पीडित समुदायसम्म समयमै न्यून लागतमा राहत पुराउन सक्ने माध्यम नेपाली सेना हुन सक्नेमा आफू निकै आशावादी रहेको अध्यक्ष घलेले बताउनु भयो । भूकम्पले ल्याएको विपत्तिको सामना गर्न भएका सहकार्यबाट संघ र नेपाली सेनाको समन्वयबाट राष्ट्रलाई आई पर्ने दैविक वा प्राकृतिक विपत्तिका बखत उद्धार गर्न सक्ने समयन्त्रको बिकास गर्न सकिने अवगत गराउँदै अध्यक्ष घलेले सहकार्यको लागि प्रस्ताव समेत राख्नु भयो । प्रधानसेनापति क्षेत्रीले निस्वार्थ भावनाबाट नेपाल र नेपाली जनताको हितका लागि संघसंग समन्वय र सहकार्य गर्न नेपाली सेना तयार रहेको र यसका लागि आवश्यक परेमा नेपाल सरकारको स्विकृती समेत लिई अगाडी बढ्न सकिने बताउनु भयो ।