तमलोपासँग तीन दलको वार्ता टोलीको छलफल सकारात्मक


mahanthaतीन दलको वार्ता टोली र तराई–मधेस लोकतान्त्रिक पार्टीका नेताबीच आज भएको वार्ता सकारात्मक भएको छ । सानोठिमीस्थित तमलोपा अध्यक्ष महन्थ ठाकुर निवासमा तीन दलीय वार्ता टोलीका नेता वन तथा भूरसंरक्षणमन्त्री एवं नेपाली काँग्रेसका नेता महेश आचार्य, नेकपा (एमाले)का नेता अग्नि खरेल र एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच वार्ता भएको हो । वार्तापछि नेता आचार्यले ठूला तीन दलका शीर्ष नेताको धारणासहित आजको छलफल भएको जानकारी दिनुभयो । आजको भेटवार्ता सकारात्मक भएको जानकारी दिँदै उहाँले मोर्चासँग बुधबार पुनः छलफल गरिने जानकारी दिनुभयो । वार्तापछि अध्यक्ष ठाकुरले आजको अनौपचारिक छलफल सकारात्मक भएको जानकारी दिँदै बुधबार औपचारिक वार्ताका लागि समय निर्धारण गरिने बताउनुभयोे । अब वार्ता र छलफललाई निरन्तरता दिइने र आन्दोलनलाई पनि निरन्तर रूपमा सहमति नभएसम्म लैजाने मोर्चाको योजना भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?