सार्क परराष्ट्रमन्त्रीको बैठक न्यूयोर्कमा सम्पन्न


cd]/Lsfsf] Go’of]s{df ePsf] blIf0f PzLofnL If]qLo ;xof]u ;+u7g ;fs{sf] k//fi6« dGqL :t/Lo j}7sdf ef/tsf ljb]z dGqL ;’ifdf :j/fh / ljb]z ;lrj P; hoz+s/ ;lxtsf kbflwsf/L . tl:a/ M ;”o{rGb| a:g]t /f;;

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का परराष्ट्रमन्त्रीहरुको बैठक बुधवार यहाँ सम्पन्न भएको छ । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभाको अवसरमा सार्क क्षेत्रका परराष्ट्रमन्त्रीको बैठक हिजो अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको हो । काठमाडौँमा भएको सार्कको १८औँ शिखर सम्मेलनको घोषणा र ३६औँ सार्क मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुरुप वर्ष दिनमा भएका कामको सो बैठकले समीक्षा गरेको थियो । बैठकमा गरिबी न्यूनीकरण, जलवायु परिवर्तन, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य र सामाजिक हितका सम्बन्धमा सार्कले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिका लागि सार्कलाई अझ बढी क्रियाशील र प्रभावकारी बनाउन बैठकले सहमति जनाएको छ । सार्कको १८औँ शिखर सम्मेलन नेपालमा भएको थियो । सार्कको अध्यक्ष राष्ट्रको हैसियतले परराष्ट्र मन्त्रिस्तरीय सो अनौपचारिक बैठकको अध्यक्षता परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गर्नुभएको थियो । सो बैठकमा नेपालले राखेको स्थायी प्रतिनिधि अमेरिकाको न्युयोर्क र स्विट्जरल्यान्डको जेनेभामा राख्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो । त्यस्तो प्रतिनिधिको बैठक समय–समयमा बस्ने र सार्क सदस्य राष्ट्रको साझा सरोकारका विषयमा साझा अवधारणा बनाउने बारेमा पनि छलफल भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो । सार्कजस्तो क्षेत्रीय सङ्गठनलाई अझ सुदृढ, प्रभावकारी र क्रियाशील बनाउनका निम्ति सदस्य राष्ट्र एकजुट भएर लाग्नुपर्नेमा जोड दिइएको छ । सो बैठकमा सार्कका आठवटै सदस्य राष्ट्रका परराष्ट्रमन्त्री एवम् सरकारका उच्च पदाधिकारीको सहभागिता थियो । बैठकमा सार्कका महासचिव अर्जुनबहादुर थापाले सार्कको कामको प्रगति विवरण र भावी कार्ययोजनाबारे प्रस्तुति गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा सार्क क्षेत्रका परराष्ट्रमन्त्रीको बैठक हरेक वर्ष हुने गर्दछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?