ठमेलमा ‘हिँडौँ काठमाडौँ’
पर्यटकीय क्षेत्र ठमेललाई प्रदूषणमुक्त बनाई पर्यटक आकर्षण गर्ने उद्देश्यले ‘हिडौँ काठमाडाँै’ नामक चेतनामूलक कार्यक्रम आयोजना गरियो । ठमेल पर्यटन विकास परिषद् र काठमाडौँ महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विभिन्न सङ्घसंस्था, स्थानीयवासी तथा विदेशी पर्यटकको सहभागिता थियो । ठमेलको नरसिंह चोक (हटब्रेड चोक) बाट सुरु भएको विभिन्न सांस्कृतिक बाजागाजासहितको पदयात्रा चाक्सीबारी, सातघुम्ती हुँदै पकनाजोल चोक पुगेर कार्यक्रममा परिणत भएको थियो । पदयात्राका साथमा ठमेलका विभिन्न सडक चोकमा विभिन्न कक्ष राखिएको थियो । फ्ल्यास मुब, इथेनिक ¥याम्प वाक, म्युजिकल इभेन्ट, स्लो साइकल रेस, फेस, पेन्ट, गेम्स, डार्ट, रिङ, स्किपिङ, क्युब, चेस, स्पोन रेस, धिमे बाजा, पञ्चैबाजा, मयुर नाचलगायत कार्यक्रम प्रस्तुत गरिएको थियो । महानगरपालिका सम्पदा तथा पर्यटन महाशाखाका प्रमुख सिर्जु प्रधानले पर्यटकीय क्षेत्र ठमेललाई सफा सुरक्षित र हिँडुललमैत्री वातावरण बनाउन सबैको सहकार्य जरुरी भएको बताउँदै ठमेलको समग्र विकास गरी बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि महानगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।
परिषद्का अध्यक्ष रामशरण थपलियाले ठमेल क्षेत्रका केही भाग कालोपत्र गर्न बाँकी रहेको बताउँदै बत्तीको यथोचित व्यवस्था तथा पार्किङका लागि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो । पर्यटन व्यवसायी हरि धरेल, समाजसेवी विश्वम्भरलाई प्रधानलगायतले ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि स्थानीय व्यवसायी र घरधनीको सक्रियता चाहिने औँल्याउनुभयो । नरसिंहचोक चाक्सीबारी मार्ग उपसमिति सभापति गीता गुरुङले पर्यटकीय क्षेत्र ठमेललाई सुरक्षित र सफा वातावरणका लागि सिसी क्यामेरा जडान गर्ने कार्य सुरु भएको र अहिले प्रमुख पर्यटकीय चहलपहल हुने पाँच स्थानमा जडान गरिएको बताउनुभयो । स्थानीयवासी शान्तराज मुल्मीले आगामी दिनमा ठमेललाई सवारी साधनमुक्त क्षेत्र बनाउने योजना रहेको जानकारी दिनुभयो । ठमेलमास्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल देखिन्थ्यो । सांस्कृतिक कार्यक्रमसहितको पदयात्रामा विदेशी पर्यटकले उत्साहित रुपमा सहभागिता जनाएका थिए ।