रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा
रसायनशास्त्रका तीन वैज्ञानिक थमस लिन्दाल, पल मोडरिच र अजिज सान्सरले सन् २०१५ को नोबेल पुरसकार पाएको रोयल स्वीडिस साइन्सेसले बुधबार जनाएको छ । उनीहरूलाई डीएनएलाई सुक्ष्मतम् तहमा मापन गरी कसरी बिग्रिसकेका डीएनएलाई उपचारमार्फत् सुधार गरी आनुवंशिक सूचना सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेका थिए । अध्ययनबाट क्यान्सरको उपचार पद्धतिमा विकास गर्न मद्दत हुनेछ । क्यान्सरको थप उपचार प्रक्रियालाई उनीहरूको उक्त अध्ययनले योगदान गर्ने बताइएको छ ।