राष्ट्रसङ्घद्वारा ईयूको शरणार्थी व्यवस्थापन कार्यक्रमको स्वागत


un flagसंयुक्त राष्ट्रसङ्घ, शरणार्थी सहयोग संस्थाले शुक्रबार युरोपेली युनियन (ईयू) पुनः व्यवस्थापन कार्यक्रमअन्तर्गत इटालीबाट सुरु गरिएको शरणार्थी खोजीकार्यको प्रशंसा गरेको छ । ईइूको शरणार्थी खोजी तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत सुरु गरेको उक्त अभियानले युरोपमा देखिएको शरणार्थी समस्यालाई सही व्यवस्थापन गर्नेमा संयुक्त राष्ट्रसङ्घ विश्वस्त छ, राष्ट्रसङ्घ शरणार्थी सहयोगसम्बन्धी आयोगको प्रवक्ताले शुक्रबार जारी गरेको एक वक्तव्यमा बताइएको छ । यूएनएचसीआरका प्रवक्ताले वक्तव्यमा भनेका छन्, पुनः व्यवस्थापन कार्ययोजनाले युरोप छिर्ने नाकामा सुदृढ सेवा प्रवाह गर्दै शरण लिन आउने आप्रवासीलाई जाँच गरी स्वागत, सहयोग तथा दर्ता गर्नुपर्ने आवश्यकता रहेको छ । राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१५ को सुरुदेखि अहिलेसम्म पाँच लाख २६ हजार ७९७ आप्रवासीले शरणार्थीका रूपमा युरोप पुगेका छन् । यीमध्ये एक लाख ३२ हजार इटाली पुगेको पनि जनाइएको छ । त्यस्तै युरोप पुग्ने क्रममा विभिन्न सामुद्रिक इलाका तथा यात्राका क्रममा बाटोभई तीन हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?