दुई कोरियामा बाँडिएका आफन्त भेट्दा आँशुका भेल


koreaकोरियाली युद्धमा छुट्टिन पुगेका र उत्तर र दक्षिण कोरियामा बस्न बाध्य भएका करिब ४०० जना कोरियाली नागरिकबीच मङ्गलबार भावपूर्ण मिलन भएको छ । ती ४०० जना प्राय बृद्धबृद्धाबीच मङ्गलबार करिब ६० वर्षपछि पहिलो पटक यो मिलन भएको हो । यति लामो समयपछि पहिलो पटक आफ्ना परिवारसँग भेटघाट गर्न पाएकोमा उनीहरूबीच रुवाबासी भएको थियो । उनीहरू एक आपसमा अङ्गालोमा बाँधिएर रोएका थिए र एकले अर्काको आँशु पुछेका थिए । उत्तर र दक्षिण कोरियाका नागरिक आपसमा यसरी भएको पुनर्मिलन हरेक दुई वर्षमा हुने गर्दछ र भावनात्मक हुने गर्दछ । उत्तर कोरियाको कुमग्याङ टापूमा दक्षिण कोरियाली नागरिकलाई बसमा राखेर पु¥याइएको थियो । दुई देशबीचको निकै धेरै सुरक्षाकर्मीले घेरिएको सीमा सुरक्षा कटाएर उनीहरूको बसलाई पनि सेना र प्रहरीले नै स्कटिङ गरी उक्त स्थानसम्म पु¥याएका थिए । उत्तर कोरियाली सो टापूमा राखिएका आफ्ना आफन्तसमक्ष दक्षिणका नागरिक पु¥याउनासाथै दुवै पक्षबाट डाँको छोडेर रोएको आवाज आएको थियो । लि जियोङ सुक अहिले ६८ वर्षकी भइन् । उनी आफ्नो बुबासँग आफू दुई वर्षको उमेरमा नै छुट्टिनु परेको थियो । उनले आफ्ना ८६ वर्षीय पिता रि होङ जोङलाई देखेपछि निकै भावुक भइन् र अङ्कमाल गरेर रुन थालिन्– उक्त टापूमा रहेको एक रिसोर्टमा जम्मा भएका सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीजस्ता कम्तीमा पनि ६० वर्ष पहिले नै परिवारबाट छुट्टिन पुगेका परिवारका सदस्यहरूले यो भेटको अवसर पाएका छन् । दुवै देशका सरकारहरूले गरेको सहमति र समझदारीपछि हरेक दुई वर्षमा बढीमा ४०० जनाले यो भेटको अवसर पाउने गर्दछन् । लि आफ्नो बुबासँग यसरी भावुक मिलनमा रहेका बेला उनका काकाले पनि बुबालाई दाइ भन्दै झम्टिँदै आएका थिए । यसैगरी सबैका आँखामा आँशु भरिएका दृश्यहरू मङ्गलबारको सो मिलन समारोहबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?