सुमात्रा टापूको आगो नियन्त्रणमा आएन, अहिलेसम्म १७ को मृत्यु


fireइन्डोनेसियाको सुमात्रा र बोर्नाेमा टापूमा लागेको आगो अझै पनि नियन्त्रणमा आएको छैन । सो आगलागी अर्काे टापूतर्फ पनि सरेको समाचारमा जनाइएको छ । गत महिनादेखि ती दुई टापूका जङ्गलमा आगलागी भइरहेको छ । सरकारले त्यसको नियन्त्रणका कैयौँ उपाय अबलम्बन गरेको भए पनि आगो निभाउन निकै कठिन भएको अधिरकारीहरूले जनाएका छन् । इन्डोनेसियाको राष्ट्रिय विपत व्यवस्थापन केन्द्रका प्रवक्ता सुतोपो पुर्वाे नगरोले सो आगो अहिले नै निभ्ने अवस्थामा नरहेको जानकारी शनिबार दिनुभयो । उहाँले भन्नुभयो– यो महिनाको अन्त्यसम्म पनि आगो निभ्ने लक्षण देखिँदैन, दिन प्रति दिन नयाँनयाँ स्थानमा झन सर्दै गएको छ । उहाँले सो आगलागीका कारण अहिलेसम्म १७ जनाको ज्यान गइसकेको पनि जानकारी दिनुभयो । आगो निभाउने प्रयत्न गर्ने अरु कैयौँ कर्मचारी र स्थानीय जलेर घाइते भएका छन् । हालैमात्र भू–उपग्रहबाट लिइएको एक तस्बिरमा सो आगो इन्डोनेसियाको पूर्वी भागमा पर्ने सुलावती टापूतर्फ फैलिएको देखिएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार देशको पश्चिमी भूभागमा रहेका ती दुई टापूमा लागेको आगोले निकै ठूलो क्षति पु¥याएको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन समितिले दिएको जानकारीअनुसार सरकारले कैयौँ प्रयास गर्दा पनि त्यस क्षेत्रबाट आगो निभाउन सकिरहेको छैन । यसका लागि कम्तीमा पनि ३२ वटा जहाजका साथै सयौँ सैनिक खटाइएको छ । तर हप्तादिनभन्दा लामो समयदेखि जारी रहेको सो आगलागी नियन्त्रणमा आउन सकिरहेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?