सङ्घीय मधेशी मोर्चासँगको वार्तामा आयो यस्तो माग


singh durbarसरकार र सङ्घीय मधेसी मोर्चाबीच  सिंहदरबारमा भएको वार्तामा मोर्चाका तर्फबाट मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्ति बापतको रकम राज्यद्वारा तत्काल उपलब्ध गराउनुपर्ने माग गरिएको छ । आन्दोलनको क्रममा घाइते भएका व्यक्तिको राज्यबाट निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, राज्यद्वारा आन्दोलनकारी माथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने, प्रहरी हिरासतमा रहेका आन्दोलनकारीको तत्काल रिहाइ गर्नुपर्ने, निषेधाज्ञाजस्ता आदेश फिर्ता गरी परिचालन गरिएको नेपाली सेनालाई यथाशीघ्र ब्यारेकमा फिर्ता गर्नुपर्नेलगायत माग मोर्चाले गरेको छ । उक्त छलफलमा उपप्रधानमन्त्री कमल थापाले मधेसमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको र सो विषयमा थप अध्ययन गर्न केही समय चाहिएकाले अर्को वार्तामा छलफल गरी प्रस्तुत हुने प्रतिबद्धता जनाउनुभएको वार्तामा सहभागी लोक दलका अध्यक्ष कौशलकुमार सिंहले जानकारी दिनुभयो । मोर्चाका तर्फबाट वार्तामा लोक दल, बहुजन समाज पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, लोकतान्त्रिक पार्टी नेपाल सहभागी थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?