अमेरिकाका पूर्वसभामुखलाई छ महिना जेल सजाय


us sabhamukhअमेरिकी पूर्व सभामुख डेनिस ह्यासटर्टमाथि लगाइएको अवैध रूपमा सम्पत्ति कारोबार गरेको मुद्दामा उनी दोषी ठहरिएका छन् । उनलाई यहाँको अदालतले छ महिनाको जेल सजाय तोकेको छ । ह्यासटर्टले आफूले अमेरिकी सङ्घीय अनुसन्धान विभागसँग झुट बोलेकोमा बुधबार क्षमायाचना समेत गरेका छन् । ह्यासटर्ट अमेरिकी सङ्घीय राज्यको पिछडिएको ग्रामीण इलाकामा जन्मेर अमेरिकी राष्ट्रपतिका लागि उत्तराधिकारीको हैसियतमा दोस्रो वरियतामा रहनुभएको थियो तर यौन अपराधको आरोप लागेपछि उनको राजनैतिक जीवनमाथि प्रश्नचिन्ह लागेको थियो । रिपब्लिकन पार्टीका ७३ वर्षीय ह्यासटर्टले ‘इन्डिभिडुयल ए’ को नाममा ३५ लाख अमेरिकी डलर निकासा गरी आफ्नो यौन अपराधसम्बन्धी कर्तुत लुकाउन प्रयास गरेको आरोप लागेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?