दुई बलात्कारी र एक तस्कर पक्राउ
सुस्तःमनस्थिति भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा ७७ वर्षीय वृद्धलाई काभ्रेपलाञ्चोकमा पक्राउ गरिएको छ । काभ्रेपलाञ्चोक चलालगणेस्थान–१ का पेचे भनिने कृष्णबहादुर नगरकोटीलाई हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । उहाँले बलात्कार गरेको हो वा होइन भन्ने विषयमा स्वास्थ्य परीक्षणसमेत गर्न लागिएको जानकारी दिँदै पैसा दिने प्रलोभनमा पारेर उनले बलात्कार गरेको आशङ्का गर्नुभयो त्यस्तै । यसैबीच अप्राकृतिक मैथुन गराएको आरोपमा पनौती नगरपालिका–११ का ४५ वर्षीय बालकृष्ण भुल्लुलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागारमा बलात्कारको अभियोग लागेका ६२ बन्दी छन् ।
बाघको छाला र हाड पक्राउ
नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपायलबाट खटिएको क्षेत्रीय अनुसन्धान टोली महाकालीले बर्दियाका बासिन्दाको घरबाटै बाघको छाला र हाड पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा कञ्चनपुरबाट आज बर्दिया पुगेको क्षेत्रीय अनुसन्धान टोलीले बर्दिया सानोश्रीताराताल नगरपालिका–४ का डम्बरबहादुर गुरुङको घरबाटै घरमा लुकाइरहेको अवस्थामा नौ फि लामो र तीन फि पाँच इन्च चौडाइको पाटेबाघको छालाका साथै सात किलो ३० ग्राम हाड बरामद गरेको हो । क्षेत्रीय अनुसन्धान टोलीका इन्चार्ज वीरेन्द्र जोहारीले विशेष सूचनाका आधारमा काम गर्दै जाँदा गुरुङलाई दुर्लभ वन्यजन्तु चोरी तस्करीको आशङ्कामा उनलाई पक्राउ गरिएको छ ।