अधिकार प्राप्ति नभएसम्म आन्दोलन
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका सम्झौताको कार्यान्वयन र संविधान संशोधनमार्फत मधेसी जनताको अधिकारको प्रत्याभूति भएपछि मात्र आन्दोलनको रोकिने बताउनुभएको छ । फोरम सिरहा क्षेत्र नं १ द्वारा सिरहाको लहानमा आयोजित विरोधसभामा अध्यक्ष यादवले ‘मधेस आन्दोलनका उपलब्धिलाई समेत खोसेर मधेसी नागरिकको राजनीतिक अस्तित्व समेत खतरामा पार्ने गरी आएको संविधान’ अस्वीकार गर्दै शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन जारी रहने छ भन्नुभयो ।