तिहार र छठमा आन्दोलन के गर्ने भन्ने विषयमा मोर्चाको बैठक


MADHESI-MORCHAआज सरकारसँग फाइनल कुरा गर्ने नभए वार्ता भंग भएको घोषणा गर्ने तयारी गरकेो मेधशी मोर्चाको शनिबार जनकपुरमा बैठक भएको छ । मुख्यतः सरकारसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा केन्द्रित भनिएपनि बैठकमा नजिकिँदै आएका तिहार र छठ पर्वको बेला आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । तिहार र छठ पर्व तराईमा धुमधामका साथ मनाउने गरिन्छ ।

बैठकमा यसअघि सरकारसँग भएको वार्ता र त्यसको समीक्षा, आजसम्म तराई मधेसमा भएको आन्दोलनको समीक्षा, सरकारसँग वार्ताको समीक्षा हुने बैठकमा सहभागी एक सदस्यले जनाएका छन् । बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्रराय यादव र केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?