स्कटल्याण्डको जनमतसंग्रह, नछुट्टिने पक्षमा बढी मत


बेलायतबाट स्कटल्याण्डले आफ्नो स्वतन्त्रताको निम्ति माग गर्दै भएको जनमतसंग्रहको मतगण्ना जारी छ । यतिबेलासम्म ३२ मध्ये २६ काउन्सिलहरुको भेट गणना भइसकेको छ । जसमा ५४ प्रतिशत मतदाताले बेलायतसँगै रहने पक्षमा निर्णय दिएका छन् भने ४६ प्रतिशतले छुट्टै स्वतन्त्र स्कटल्याण्ड हुनुपर्ने भनेका छन् । मतगणना जारी रहँदा विभिन्न अड्कलहरु गरिँदैछ । यदि स्कटल्याण्ड बेलायतबाट छुट्टियो भने यो ऐतिहासिक घटना हुनेछ र बेलायतका निम्ति एउटा दुःखद पनि ।[ninja-popup id=1184 autoopen=true]

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?