धर्मगुरु धन प्राप्तिका बिषयमा फस्नु दुखदः पोप फ्रान्सिस


pope francisक्रिश्चियन धर्मगुरु फ्रान्सिसले धर्मगुरुहरूले आफूलाई आर्थिक लेनदेनसँग संलग्न गराउन दुःखको कुरा भएको शुक्रबार एक सार्वजनिक समारोहमा बताउनुभएको छ । पोप फ्रान्सिसको यो भनाई भ्याटिकन धर्म अधिकारी आर्थिक लेनदेनका गतिविधिमा विवादमा आएपछि आएको हो । उक्त समारोहमा भाबुक मुद्रामा धर्मगुरु फ्रान्सिसले भन्नुभयो, “चर्चमा पनि यस्ता खराब मानिस पाइनु दुःखद कुरा हो ।” धर्माधिकारीले सबैको उन्नतिका लागि काम नगरेर चर्चलाई धन आर्जनको विषयसँग विवादमा तान्नु बेठिक भएको बताउँदै भन्नुभयो, जति पनि यस्ता मानिस चर्चमा पाइन्छन् उनीहरूलाई पवित्र मान्न सकिन्न ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?