नेकाको तेह्राँै महाधिवेशन सम्पन्न गर्न तेह्र समिति गठन


नेपाली काँग्रेसले आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने पार्टीको तेह्रौँ महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट आज १३ वटा समिति गठन गरेको छ । यही कात्तिक १५ देखि १९ गतेसम्म चलेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति संयोजक, केन्द्रीय कार्यसमितिका पदाधिकारी, व्यवस्थापिका संसदका सदस्य, भ्रातृ एवम् शुभेच्छुक संस्थाका केन्द्रीय सभापति सदस्य रहेको तेह्रौँ महाधिवेशन मूल तयारी समिति गठन गरेको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो । ????????????????????????????????????????????????????????????????????????????बैठकले काठमाडौँ जिल्ला सभापतिको संयोजकत्वमा उपत्यकाभित्रका सबै केन्द्रीय, ललितपुर र भक्तपुरका जिल्ला सभापति, उपत्यकाभित्रका व्यवस्थापिका–संसदका सदस्य, भ्रातृ एवम् शुभेच्छुक संस्थाका केन्द्रीय सभापति तथा अध्यक्ष सदस्य रहेको महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ । महाधिवेशनमा केन्द्रीय कार्यसमितिको तर्फबाट पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव पेस गर्न पार्टी उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, विमलेन्द्र निधि, रामशरण महत, अर्जुननरसिंह के.सी., पूर्णबहादुर खड्का, महेश आचार्य, दिलबहादुर घर्ती, नरेन्द्रविक्रम नेम्वाङ, नरहरि आचार्य, प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, पद्मनारायण चौधरी, श्री एनपी साउद, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्वे, डा शेखर कोइराला, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, सूर्यमान गुरुङ, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, श्रीमती कमला पन्त, धनराज गुरुङ, रत्न शेरचन, गगनकुमार थापा, डिल्लीराज रेग्मी, रामचन्द्र तिवारी, श्रीमती लक्ष्मी राई, गोविन्द भट्टराई र गुरुराज घिमिरे सदस्य रहेको नीति तथा कार्यक्रम प्रस्ताव समिति गठन गरेको छ । समितिले तयार पारेको मस्यौदा समिति गठन भएको एक महिनाभित्र केन्द्रीय कार्यसमितिमा पेस गरिसक्नुपर्नेछ । बैठकले सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गाना संयोजक तथा बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, श्रीमती मिना पाण्डे, फरमूल्लाह मन्सुर, दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली, महेन्द्र यादव, श्रीमती पुष्पा भुसाल र जीवन परियार सदस्य रहेको पार्टी विधान संशोधन समिति गठन गरेको उहाँले जानकारी दिनुभयो । केन्द्रीय सदस्य डा. रामशरण महत संयोजक तथा डा. नारायण खड्का, प्रतापराम लोहार, महेन्द्र शर्मा भुसाल सदस्य रहेको अर्थ सङ्कलन समिति, केन्द्रीय सदस्य बलबहादुर के.सी. संयोजक तथा रामकुमार चौधरी, दिपक गिरी, शङ्कर भण्डारीलगायत सदस्य रहेको भोजन–आवास व्यवस्थापन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सुजाता कोइरालाको संयोजकत्वमा केन्द्रीय सदस्य मनमोहन भट्टराई, अर्जुनप्रसाद जोशी, मो. आफ्ताव आलम सदस्य रहेको विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति बैठकले गठन गरेको छ । प्रचार विभाग प्रमुख डा. मीनेन्द्र रिजालको संयोजकत्वमा केन्द्रीय सदस्य अजयकुमार चौरसिया, सुरेन्द्रराज पाण्डे र बद्री पाण्डे सदस्य रहेको प्रचार प्रसार समिति बैठकले गठन गरेको छ भने केन्द्रीय सदस्य नविन्द्रराज जोशीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, स्वास्थ्य विभाग प्रमूख डा शशाङ्क कोइरालाको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरेको छ । त्यसैगरी, बैठकले सांस्कृतिक विभाग संयोजक मिना सुब्बाको संयोजकत्वमा सांस्कृतिक समिति, आमन्त्रित केन्द्रीय सदस्य नारायण कोइरालाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति र राधेश्याम अधिकारीको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?