आफ्नै देशका जनतालाई दुःख दिएर जीत हँुदैन : नेता देउवा


Nepals Prime Minister Sher Bahadur Deuba smiles after arriving for the First BIMST EC Summit in Bangkokनेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नाकाबन्दीलाई सहयोग पुग्ने गरी मधेसमा भएको आन्दोलनले कसैको भलो नगर्ने बताउनु्भएको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले देशभरका आमनागरिकलाई दुःख दिने आन्दोलनबाट मधेस र मधेसी जनताको पनि जित नहुने बताउनुभयो । चित्त नबुझेका कुरा वार्ताको माध्यमबाट समस्या समाधान गरेर निकास खोज्न मधेसवादी दललाई आग्रह गर्दै उहाँले नाकाबन्दीले देशभरका जनताले औषधिसमेत नपाउने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने र बालबालिकाको पढ्ने अधिकारसमेत खोसिएको बताउनुभयो । भारतले गरेको नाकाबन्दी कुनै हालतमा जायज नभएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भारतलाई आपूर्तिमा सहज गरिदिन आग्रह पनि गर्नुभयो । नेपालले भूकम्पजस्तै नाकाबन्दीको सहजै सामना गर्नसक्ने चर्चा गर्दै उहाँले भारतको नाकाबन्दीले यतिखेर नेपाली जनतामा राष्ट्रिय भावना, संयम र स्वाभिमान जागेको बताउनुभयो । राष्ट्रपति, प्रधानमन्त्रीको निर्वाचनमा भएको हारले काँग्रेसलाई लज्जित बनाएको बताउँदै देउवाले यसबाट पाठ सिकेर काँग्रेस एकताबद्ध र जुझारु भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराई, नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति सभापति गणेशमान चक्रधरलगायतले देशको समस्या समाधानका लागि काँग्रेसले मध्यस्थता गर्नुपर्ने बताउनु्भयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?