पेरिसमा हमलामा मृत्यु हुनेको संख्या १२८ पुग्यो, विश्वभरबाट निन्दा


फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएका शृङ्खलाबद्ध आतङ्कवादी हमला गर्दा त्यसमा परी १२८ जनाको ज्यान गएको छ । ६ वटा हमलामा परी मृत्यु हुनेको पछिल्लो संख्या फ्रान्स सरकारले सार्वजनिक गरेको हो । उक्त हमलामा परी मारिनेको सङ्ख्या योभन्दा बढी भएको विभिन्न न्यूजहरु आइरहेका छन् । तर फ्रान्सेली समाचार समिति, एएफपीले सरकारी अधिकारीलाई उद्धृत गर्दै संख्या १ सय २८ भएको जनाएको हो । हमलाकारीहरुले शुक्रबार राति राजधानी franceपेरिसका विभिन्न ६ स्थानमा बन्दुक र बमबाट हमला गरेका थिए । बन्दुकधारीहरुले अन्दाधुन्ध गोली प्रहार गरेका थिए । साथै कतिपय स्थानमा उनीहरुले बम विस्फोट पनि गराएका थिए । बम हमलाकारी आत्मघाती भएको पनि खुलेको छ । आत्मघाती बम हमलाकारी सबैजसो मारिएका प्रहरीले जनाएको छ । फ्रान्सको पेरिसमा यसवर्ष नै दुई पटकसम्म यस्तो आतङ्ककारी हमला भएको छ । गएको जनवरी महिनामा पनि पेरिसमा भएको हमलामा पत्रकारहरुसहित दर्जनभन्दा बढी मानिस मारिएका थिए ।
विभिन्न ६ स्थानमा एकै पटक यी हमलाहरु भएका बताइएको छ । ती मध्येको एक शक्तिशाली हमला बाटाक्लान क्षेत्रमा रहेको एक नाट्यशालामा भएको थियो । सो नाटकघरमा एक अमेरिकी ब्याण्डले गीत सङ्गीत प्रस्तुत गरिरहेको थियो । त्यस क्रममा आतङ्ककारी हमला भएको थियो । सो कार्यक्रमस्थलमा मात्र करिब १०० जना मारिएका थिए । त्यहाँ आतङ्ककारीहरुले बन्दुकले अन्दाधुन्ध गोली चलाएका थिए । सयौँ व्यक्ति खचाखच रहेको हलमा कार्यक्रम हेरिरहेको बेला सो हमला भएको बताइएको छ । त्यस नजिकैको राष्ट्रिय रङ्गशाला, स्टेट डि फ्रान्समा भएको थियो । सो रङ्गशालामा फ्रान्स र जर्मनीबीचको मैत्रीपूर्ण फुटबल भइरहेको थियो । सो फुटबल खेल रातिको करिब ९ बजेतिर भएको थियो । सो खेलकुद म्याचमा फ्रान्सेली राष्ट्रपति फाँसा अल्याण्ड पनि उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति नै उपस्थित सो समारोहमा अकस्मात विस्फोट हुन थालेपछि ठूलो आतङ्क मच्चिएको थियो । उहाँलाई प्रहरीले बल्ल तल्ल सुरक्षास्थतर्फ पुराएको थियो । आक्रमणपछि सो रङ्गशालालाई प्रहरीको हेलिकोप्टरले घेरा हालेको थियो । सुरक्षा अवस्था तत्कालै कडा पारिएको थियो । सो रङ्गशालामा पनि मानिस हताहती भएको बताइएको थियो । त्यसैगरी अन्य छ वटा क्षेत्रमा भएका हमलामा परी ती मानिस मारिएको बताइएको छ ।
सीमानाका बन्द
यसैबीच सो आक्रमणपछि फ्रान्समा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । राष्ट्रपति ओल्याण्डले सो अवस्थाको घोषणा गर्नुभएको हो । उहाँले राष्ट्रिय रुपमा सङ्कटकाल घोषणा गर्दै आतङ्कवादका विरुद्धमा एक भएर लड्न सबै देशवासीलाई आग्रह पनि गर्नुभएको छ । उहाँले अकल्पनीय यस दुर्घटनाका विरुद्धमा सबै जनालाई धैर्यताका साथ बस्न आग्रह गर्नुभयो । साथै सरकारले समग्र पेरिसबासीलाई घर बाहिर ननिस्किन र घरभित्रै बस्न आग्रह पनि गरेको छ । प्रहरीले आक्रमणकारीहरुमध्ये कम्तीमा पनि छजना कारबाहीका क्रममा मारिएको जनाएका छन् । पेरिसमा सेना परिचालन गरिएको छ । सेना र प्रहरीले संयुक्त रुपमा आतङ्ककारीको खोजीलाई सशक्त बनाएको बताएका छन् । उनीहरुकाअनुसार आक्रमणकारी भागेर कतै जान नपाउन भनेर सबैतिर सीमानाकाहरु बन्द गरिएका छन् ।
विश्वले ग¥यो निन्दा
उक्त आक्रमणको विश्वले नै निन्दा गरेको छ । विश्वका नेताहरुले यस अवस्थामा फ्रान्सलाई परेको दुःखमा साथ दिन जस्तोसुकै सहयोगको आवश्यक परेपनि पछि नपर्ने जनाएका छन् । उनीहरुले फ्रान्समा भइरहेको पटक पटकको आतङ्कवादी हमला पेरिसमा मात्र केन्द्रित नभएर विश्वमा नै फैलिनसक्ने भन्दै यसका विरुद्ध एक भएर लड्ने पनि बताएका छन् । संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, नेदरल्याण्ड, चीन, अष्ट्रेलियालगायतका विश्वका देशले सो आतङ्कवादी हमलाको निन्दा र भत्र्सना पनि गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?