आइएसले सिरियाली युद्धक विमान खसाले
विगतका महिनाहरुदेखि सिरिया र इराकमा आतङ्क मच्चाउँदै आएको आतङ्कवादी समूहका लडाकूले मङ्गलबार सिरियाको युद्धकविमान गोली हानी खसालेका छन् ।खउनीहरुको विरुद्धमा सिरिया सरकारले विगतका केही महिनादेखि नै हवाई आक्रमण थालेको थियो । सोही आक्रमणलाई मङ्गलबार पनि जारी राखिएको थियो । उक्त विमान मङ्गलबार सिरियाको राक्वा सहरको आकासबाट खसालेको बताइएको छ । सो जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ ।खबेलायती मानवअधिकारवादी सो संस्थाले भनेको छ– आइएसका लडाकूले सिरियाली सैनिकको एक युद्धक विमान गोली हानी खसालेको छ । गएको जुलाई महिनादेखि आइएसका विरुद्ध सैनिकले सुरु गरेको कारबाहीपछि यो पहिलोपटक सैनिक विमान खसालेको बताइएको छ । गत जुन महिनामा आइएसले आतङ्कवादी हमलाको घोषणा गरेपछि उनीहरुका विरुद्ध सरकारी सेनाले हवाई हमला थालेको हो । आइएसले हालैका दिनमा सिरिया र इराकमा हमला गरिरहेका छन् । उनीहरुले सयौं नागरिकको हत्या गरेका छन् । यता अमेरिकी विदेशमन्त्री जोन केरीले आइएसका विरुद्ध लड्ने रणनीति निर्माणका लागि अरब राष्ट्रहरुको भ्रमण गरिरहेका बेला यता उनीहरुले सिरियामा यो कारबाही गरेका हुन् ।