इराकमा आत्मघाती आक्रमण पाँचको मृत्यु बाइस घाइते


Iraq-blastsइराकको राजधानी बग्दादमा अवस्थित सिया धर्मावलम्बीको एक मस्जिदमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा पाँच जनाको मृत्यु भएको यहाँको प्रहरी स्रोतले जनाएको छ । बग्दादको युसुफिया क्षेत्रको सिया मस्जिदमा शुक्रबारको प्रार्थनाको अन्त्यतिर भएको उक्त आक्रमणमा २२ जना इराकी नागरिक घाइते भएको प्रहरीले जनाएको छ । घटनाका घाइते गम्भीर अवस्थामा अस्पतालमा पु¥याइएकाले मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने प्रहरीले जनाएको छ । यो सिया मुसलमानहरूका १२ इमाममध्ये एक इमाम हुसेनको मृत्यु पछि मनाइन लागिएको स्मृतिसभा हुने दिनको ठिक एक हप्ता अगाडि गराइएको विस्फोट भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । पछिल्ला वर्षमा इराकले भयानक हिंसाका घटनाहरु देखिएका छन् । विभिन्न हिंसात्मक तथा आतङ्ककारी घटनामा परी सन् २०१४ भरमा इराकमा १२ हजार २८२ नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । सोही अवधिमा २३ हजार १२६ जना हिंसाका कारण घाइते भएका राष्ट्रसङ्घले जनाएको छ । सन् २००६÷२००७ पछि भएका हिंसात्मक गतिविधिको तथ्याङ्क अनुसार सन् २०१४ लाई भयानक हिंसा भएको वर्षका रुपमा संयुक्त राष्ट्रसङ्घले बताउँदै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?