अति गरे कालोबजारीले, पम्पमा अतिरिक्त स्वीच राखेर पेट्रोलमा कालोबजारी


petrolइन्धन अभाव भएको बेलामा पेट्रोल तथा डिजेल वितरण गर्दा यन्त्र बिगारेर अतिरिक्त स्वीच राखी उपभोक्ता ठग्ने एक पेट्रोल पम्प सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–७ जगातेस्थित भक्तपुर फ्युल सेन्टरमा भारतबाट मिस्त्री ल्याएर यन्त्र बिगारी इन्धन वितरण गर्दा पेट्रोल तथा डिजेलको परिमाण कम जाने तर अङ्क बढी चढेर बढी रकम देखाउने गरी उपभोक्ता ठगी गरेको पाइएपछि प्रहरीले सञ्चालक पुण्यराम बखातेलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान, महानगरीय प्रहरी वृत्त जगाते र नापतौल विभागबाट खटिएको टोलीले पम्पमा छापा मारी अनुगमन गर्दा यस्तो पाइएपछि यन्त्र समेत नियन्त्रणमा लिएको प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?