फेसबुक र मेसेन्जर सेवा बंगलादेशमा प्रतिबन्धित, सुरक्षा चुनौती भएको दाबी
बङ्गलादेशको प्रशासनले गएको एक हप्तादेखि प्रतिबन्ध लगाइँदै आएको फेसबुक तथा मोबाइलबाट सन्देश प्रवाह गर्ने सेवालाई सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि थप गरेको छ । यहाँको प्रशासनले मङ्गलबार सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार सरकारले फेसबुक तथा विभिन्न सन्देश प्रदायक सेवा (एप्लिकेसन) लाई गएको बुधबारदेखि प्रतिबन्ध लगाउँदै आएको थियो । सुरक्षा स्थितिलाई ध्यानमा राख्दै उक्त प्रतिवन्धमा थप गर्ने निर्णय गरेको बङ्गलादेशका दूरसञ्चार नियमक आयोगका प्रमुख साहजहाँ महमदले मङ्गलबार बताउनुभयो । बङ्गलादेशमा फेसबुक, ह्वाट्स एप्स र साइबरलगायत सामाजिक सञ्जाललाई बङ्गलादेशको प्रशासनले प्रतिपक्षी दलका दुई जना नेतालाई मृत्युदण्ड दिएपछि आएका सन्देश पछि सम्भावित सङ्कट आउन सक्ने भन्दै यस्ता सन्देश प्रवाहमा प्रतिबन्ध लगाइएको हो । यहाँका नागरिकलगायत विभिन्न दलका नेताले सार्वजनिक रूपमा देशभर आम आन्दोलनको घोषणा सार्वजनिक संजाल मार्फत् गर्न थालेपछि यस्ता सन्देश प्रवाहमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ ।