आज महिला हिंसाविरुद्धको दिवस, संविधानले महिला अधिकारलाई समेटेको राष्ट्रपति भण्डारीको भनाई


u0ftGq g]kfnsf] bf];|f] /fi6«kltdf g]skf Pdfn]sf pkfWoIf ljBfb]jL e08f/L lgjf{lrt ePkl5 g]skf Pdfn]sf cWoIf s]kL cf]nL, jl/i7 g]tf dfwjs’df/ g]kfnsf ;fy . tl:a/ M /Tg >]i7, /f;; .

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधानले महिलाका हकअधिकारलाई सुदृढ गर्ने प्रयास गरेको र यसबाट नेपाली महिलामा हौसला बढेको बताउनुभएको छ । महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा दिनुभएको शुभकामना सन्देशमा उहाँले संविधान प्रदत्त महिला हकअधिकारलाई कार्यान्वयन गर्न नयाँ कानुन, नीति तथा कार्यक्रम निर्माण गर्दै अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसकारूपमा मनाउने निर्णय गरेअनुसार नेपालमा विगतमा जस्तै यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइनेछ । ‘‘संविधान सभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको वर्षौं पुरानो आकाङ्क्षा नेपालको संविधान २०७२ जारी भएपछि पूरा भएको छ । अब हामी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै अघिबढ्ने चरणमा प्रवेश गरेका छौँ’’, राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘‘नयाँ संविधानमा समाविष्ट सबै क्षेत्र र समुदायका जनताका हकअधिकारहरू कार्यान्वयन गर्दै अघिबढ्नु परेको छ ।’’ ‘‘जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला सामाजिक, आर्थिक, साँस्कृतिक लगायतका विभेदमा पारिएको यथार्थ सबैमा अवगत नै छ । यसै पृष्ठभूमिमा घर, समाज तथा सिङ्गो मुलुकको विकासका निम्ति आधा आकाशको प्रतिनिधित्व गर्ने महिलाको सर्वतोमुखी विकास हुनु अपरिहार्य छ,’’ उहाँले भन्नुभएको छ । उहाँले महिला घर, समाज, देश र विश्वव्यापी रूपमा नै सुरक्षित हुनु आवश्यक भएको र सामाजिक रूपमा समेत महिला हिंसालाई निषेध र निरुत्साहित गरिनुपर्ने जनाउँदै महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र उत्पीडनलाई समाप्त पार्दै मर्यादित समाज निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?