भारतबाट मल ल्याउँदै गर्दा विवाद, एसएसबीको गोली लागि ४ नेपाली घाइते


ssbसुनसरीको हरिपुरमा विहानै भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाउँदा ४ नेपाली घाइते भएका छन् । भारतबाट मल किनेर नेपाल फर्किँदै गरेका किसानहरुको साईकल एसएसबीले रोकेपछि विवद भएको छ । विवाद बढ्दै जाँदा स्थानीय बासिन्दाले समेत एसएसबीलाई यसो नगर्न भन्दै दबाब दिए । दबाब दिन स्थानीय गाउँलेहरु आएको देखेर एसएसबीले अन्धाधुन्ध गोली चलाउँदा ४ जना घाइते भएका छन् । यसरी घाइते हुनेहरुमा अशोक यादव, मनोज यादव, सरोज यादव र नरेश यादव छन् । चारैजना हरिपुर निवासी हुन् । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । सुनसरीका एसपी सञ्जय शर्माले घटनाको पुष्टि गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?