सरकारका साझेदार दलहरुबीच मधेश समस्या समाधानको विषयमा छलफल


सत्ता साझेदार दलका शीर्ष नेताका बीचमा तराई मधेसमा जारी  आन्दोलनले उत्पन्न गरेको समस्या र संविधान संशोधन कसरी गर्नेलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार सहभागिता रहेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिनुभएको जानकारी अनुसार उहाँहरुका बीचमा इन्धन आपूर्तिका बारेमा पनि छलफल भएको थियो । सो अवसरमा एनेकपा (माओवादीका) अध्यक्ष दाहालले तराई मधेसको समस्या समाधान गर्न आफूले मङ्गलबार आन्दोलनर पक्षसँग भएको छलफलका विषयमा प्रधानमन्त्री ओली तथा उपप्रधानमन्त्री गच्छदारलाई जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?