रसियाले ईरानमा एस ३०० मिसाईल पठाउने


300रसियाले यसै वर्ष सनु २०१५ देखि अत्याधुनिक एस–३०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तेहरान पठाउने भएको रसियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । “तेहरान र रसियाबीच एस–३०० मिसाइल आपूर्तिसम्बन्धी सम्झौता भइसकेको छ, मलाई विश्वास छ केही भाग यही वर्षको अन्त्य भित्रै तेहरान पुग्नेछ,” इन्टर फ्याक्स समाचार संस्थाले राष्ट्रपति भ्लादिभिर पुटिनका सहयोगी भ्लादिभिर कोझिनलाई उद्धृत गर्दै बताएको छ । मस्को र तेहरानले एस–३०० क्षेप्यास्त्र आपूर्तिका लागि सन् २००७ मा ८० करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको थियो । पछि सन् २०१० को सेप्टेम्बरमा तत्कालीन रसियाली राष्ट्रपति दिमित्री मेदभेदेभले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सङ्कल्पलाई पालना गर्दै एस–३०० मिसाइल आपूर्ति नगर्ने जनाउनु भएपछि सम्झौता रद्द गरिएको थियो । पछि इरानले सम्झौता रद्द गरेको भन्दै ४ अबै अमेरिकी डलर बराबरको क्षतिपूर्ति मागेपछि वर्तमान राष्ट्रपति पुटिनले सम्झौता रद्द गर्ने रसियाली निर्णयलाई उल्टाउनु भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?