नाकाबन्दीमा सरकारले केही नगरेको भन्दै माओवादीको जुलुस र सभा


vaidhyaनेकपा (क्रान्तिकारी माओवादी)ले भारतले अघोषितरूपमा गरेको नाकाबन्दीको विरोधस्वरूप आज पदयात्रासहित प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्ति बाटिकामा सुरू भएको पदयात्रा पुरानो बसपार्क, भद्रकाली, सहिद ढोका, सुन्धारा, नयाँ बाटो, इन्द्रचोक हुँदै असन पुगेर कोणसभामा परिणत भएको थियो । सो अवसरमा माओवादी उपाध्यक्ष सिपी गजुरेलले करिब दुई महिनादेखिको बन्द, हडताल र नाकाबन्दीका कारण जनताले सास्ती खेपिरहेको अवस्थामा सरकारले कुनै चासो नदेखाएको भन्दै गुनासो गर्नुभयो । मधेसी समुदायले उठाउँदै आएको जायज माग सम्बोधन गरेर भए पनि वर्तमान समस्याको समाधान गर्नुपर्ने उहाँको भनाइ छ । सोही पार्टीका नेता दिनेश शर्माले भारतले नाकाबन्दी गरेर नेपाली जनतालाई कमजोर बनाउन खोजेको भन्दै नाकाबन्दीविरूद्ध एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । सो पार्टीले भारतसँग गरिएको सबैखाले असमान सन्धि सम्झौताको खारेज गर्दै भ्रष्टाचार, महँगी र कालोबजारीको अन्त्य गर्नुपर्नेसमेत माग गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?