नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको नयाँ नेतृत्वका लागि आगामी मार्च २० मा निर्वाचन हुने
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेप्लीज एशोसिएसन अफ भिक्टोरिया (न्याभ) को वार्षिक साधारणसभा सम्पन्न भएको छ । मेलबर्नमा सम्पन्न साधारणसभाले आगामी मार्च २० तारिखमा नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन गर्ने निर्णय समेत गरेको छ । साथै न्याभले धेरैभन्दा धेरै नेपालीहरुलाई सदस्यता वितरण गर्न सहज होस् भन्ने हेतुले सदस्यता शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । निवेदन दिएकाहरुलाई कार्यसमितिले सदस्यता दिने तर, शुल्क भने केही समयका लागि मिनाहा गर्ने निर्णय भएको अध्यक्ष सुधिर शाक्यले एमएनटीभीलाई बताउनुभयो । वार्षिक साधारणसभामाले व्यापक छलफलपछि तयार गरिएको संस्थाको आगामी कार्ययोजना समेत पारित गरेको छ । अध्यक्ष शाक्यले भन्नुभयो, मिशन, भिजन हामीले तयार गरेका छौं र साधारण सभाले यसलाई पारित गरेको छ । यसका आधारमा संस्था दीर्घकालीन योजनामा अघि बढ्ने भएकोले यो निकै महत्वपूर्ण अधिवेशन बनेको छ । कार्यक्रममा संस्थाको वार्षिक गतिविधिसहितको रिपोर्ट, आर्थिक कारोबारको रिपोर्टहरु पनि अधिवेशनले स्वीकृत गरेको छ । भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपाली समूदायलाई एकताबद्ध बनाउनका र उनीहरुको हित प्रबद्र्धन गर्नका निम्ति स्थापना गरिएको न्याभले बालबालिकाहरु, महिलाका निम्ति छुट्टै कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यस्तै वार्षिक खेलकुदका गतिविधिहरुमा समेत संस्थाले नियमित सञ्चालन गर्दै आएको छ । कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, नेपाली समूदायका अगुवाहरु जोग लिम्बु, बम योञ्जन, एनआरएन आईसीसी सदस्य ऋषि कँडेल, एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेल लगायतले न्याभको भूमिका र आगामी दिनमा गर्नुपर्ने कार्यहरुको बारेमा आफ्नो सुझाव दिनुभएको थियो । न्याभको साधारणसभाले गरेका निर्णयबारे जानकारी दिँदै अध्यक्ष सुधिर शाक्य