खालिदा जियालाई भष्ट्राचार आरोपमा सोमबार अदालतमा उपस्थित गराइने


khalidaबङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचार आरोपमा सोमबार यहाँको विशेष अदालत सामु उपस्थित गराइने भएको छ । पूर्वप्रधानमन्त्री जियालाई गैरकानुनीरुपमा एक विदेशी ठेकेदार कम्पनीलाई राज्यको ढुकुटीमा घाटा पर्ने गरी ठेक्का सम्झौता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । जियालाई स्थानीय समयअनुसार ११ः३० बजे विशेष अदालत–९ मा उपस्थित गराइने बङ्गलादेशको प्रतिपक्षी पार्टीका सल्लाहकार सनुल्ला मियाँले पत्रकार सगँको कुराकानीका क्रममा बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?