पासपोर्ट तपाईंकै शहरबाट, एनआरएन भिक्टोरियाको सहयोगमा महावाणिज्यदूतको कार्यालयबाट लिन सकिने 


DSC_1380एनआरएन अष्ट्रेलिया भिक्टोरिया राज्य परिषद्को पहलमा नेपाली दूतावास क्यानबेरा आइपुगेका ८१ वटा पासपोर्ट अब नेपाली महावाणिज्यदूतको कार्यालय मेलबर्नबाट वितरण हुने भएको छ । पासपोर्ट तयार भएर क्यानबेरामा लिन जान वा पत्राचारमार्फत पठाउने क्रममा रहेकाहरुलाई यो सुविधा एनआरएन र महावाणिज्यदूतको कार्यालयले दिएको हो । एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले नेपाली दूतावासबाट पासपोर्ट ल्याई महावाणिज्यदूतको कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । यसले भिक्टोरियावासी नेपालीहरुलाई सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौं । समूदायको सेवाका लागि नै हामीले यस्तो कदम उठाएका हौं । कँडेलले एमएनटीभीसँग भन्नुभयो । यस्तै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले पनि नेपाली समूदायको सेवामा निरन्तर लागिरहेको र त्यसैको अर्को कडीका रुपमा यहीँबाट पासपोर्ट वितरण सम्भव भएको बताउनुभयो । “हामीले हस्तलिखित पासपोर्ट नचल्ने भएपछि दुई पटक मेलबर्नमा एमआरपी पासपोर्ट सेसन सञ्चालन गरेका थियौं । दूतावासका कर्मचारी यहीँ आएर पासपोर्टको फर्म बुझेर लग्नुभएको थियो । यस पटक हामीले मेलबर्नबाटै पासपोर्ट संकलन गर्न सकिने सुविधा पनि प्रदान गरेका हौं ।” योञ्जनले भन्नुभयो । पासपोर्ट संकलन गर्नका लागि एमआरपी फर्म बुझाउँदाको रसिद र पुरानो पासपोर्टका साथ महावाणिज्यदूतको कार्यालय पुग्नुपर्ने हुन्छ । आफ्नो पासपोर्ट मेलबर्न नै आइपुगेको थाहा पाएपछि संकलनका लागि आएका प्रकाश थापाले प्रतिक्रिया दिँदै भने, “यो अति नै खुशीको कुरा हो । हामी एनआरएन भिक्टोरिया र महावाणिज्यदूतको कार्यालयप्रति आभारी छौं । यसले समयको बचत पनि गराएको छ ।” एनआरएनले महावाणिज्यदूतको कार्यालयमा रहेका संकलनका लागि तयार रहेका पासपोर्टहरुको विवरण पनि दिएको छ । यो हेर्नुहोस् ।
pp list
passport list
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?