ब्रिसबेनमा हुने चौथो नेपाली नृत्य प्रतियोगिताको तयारी पूरा (प्रतियोगीको नामावलीसहित)
आगामी डिसेम्बर १२ मा ब्रिसबेनमा हुन गैरहेको अस्ट्रेलिया र न्युजिल्यान्डब्यापी नेपाली नृत्य प्रतियोगिताको तैयारी अन्तिम चरणमा पुगेको छ । उक्त प्रतियोगितामा अस्ट्रेलियाको विभिन्न राज्यतथा संघीय प्रदेशहरुबाट र न्युजिल्यान्ड बाट समेत गरि जम्मा ३७ जना प्रतियोगी सहभागी हुदैछन । प्राप्त जानकारी अनुसार, सहभागी हुने प्रतियोगीहरुमा पर्थ बाट २ जना, डार्विन बाट ३ जना, क्यानबेरा बाट २ जना, होबार्टबाट १ जना, मेलबोर्नबाट ४ जना, सिडनीबाट २ जना, अक्ल्यांड न्युजिल्यान्डबाट २ जना, क्युन्बियनबाट १ जना, कैर्न्सबाट ४ जना र ब्रिसबेनबाट १६ जना रहेका छन । सहभागीहरुले प्रथम चरणमा १६ एकल नृत्यहरु, ६ युगल नृत्यहरु र ४ समूह नृत्यहरु प्रस्तुतगर्ने छन् ।
प्रथम चरणको प्रस्तुतिको आधारमा एकल नृत्यको लागि उत्कृष्ट ५ सहभागीहरुलाई प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गराइनेछ भने युगल र समूह नृत्य तर्फ सबै सहभागीहरुले दोश्रो चरणमा नेपाली परम्परागत संस्कृती झल्काउने लोकनृत्यहरु प्रस्तुत गर्नेछन् । प्रथम र दोश्रो चरणको प्रस्तुतिको मुल्यांकनको आधारमा प्रतियोगिताको विजेताहरुको चयन गरिनेछ । प्रतियोगितामा प्रस्तुत हुने नृत्यहरुको मुल्यांकन गर्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका २ जना बरिष्ठ नृत्य निर्देशकहरुलाई निर्णायकको रुपमा बिशेष रुपमा आमन्त्रण गरिएको छ । प्रतियोगिताका बिजयी कलाकारहरुलाई प्रमाणपत्र, ट्रफी र आकर्षक नगद पुरस्कार प्रदान परिनेछ । प्रतियोगिता सञ्चालनको लागिकरिब २५ भन्दा बढी ब्यापारिक संस्थाबाट र केहि व्यक्तिगत तवरमा समेत आर्थिक सहयोग प्राप्त भएको छ । आयोजक समिति र संस्थाको तर्फबाट सहभागी कलाकारहरुलाई एकतर्फी हवाई भाडा उपलब्ध गराइनुका साथै निशुल्क खाने बस्ने व्यवस्था मिलाइएको आयोजक समितिका सदस्य नारायण कोइरालाले एमएनटीभीलाई जानकारी दिनुभयो । प्रत्येक दुइबर्षमा आयोजना हुने यो प्रतियोगितामा पनि बिगतका वर्षहरुमा जस्तै स्थानीय समुदायबाट र अस्ट्रेलियाका अन्य ठाउँबाट पनि दर्शकहरु आउने अनुमान गरिएको छ । कार्यक्रममा सहभागी हुनेहरुको नामावली यसप्रकार छ ।
Single Dances
Name | City | State | |
Abisha Gyawali | Brisbane | QLD | |
Anusha Ghimire | Brisbane | QLD | |
Grishma Tamanag | Darwin | NT | |
Kritiva Nepal | Hobart | TAS | |
Namrata Baskota | Brisbane | QLD | |
Nayana Dangol | Brisbane | QLD | |
Nirmala Shrestha | Sydney | NSW | |
Ranjana Sapkota | Perth | WA | |
Rishika Poudel | Brisbane | QLD | |
Sabina Itany | Perth | WA | |
Santoki KC | Sydney | NSW | |
Shraddha Pokharel | Brisbane | QLD | |
Srijana Basnet | Queanbeyan | NSW | |
Subashana Shrestha | Melbourne | VIC | |
Sushma Devkota | Brisbane | QLD | |
Suzana Bharatee | Melbourne | VIC |
Duet Dances
Name | City | Country |
Sweta Paudel and Suchana Paudel | Canberra | Australia |
Nisha Rajbhandari and Suzana Bharatee | Melbourne | Australia |
Alisha Poudel and Poonam Thagunna | Auckland | New Zealand |
Srijana KC and Nilam Baral | Darwin | Australia |
Manjari Maharjan and Shraddha Pokharel | Brisbane | Australia |
Rishika Paudel and Trisha Sharma | Brisbane | Australia |
Group Dances
Name | City | |
Susradha Pradhan, Jayant Bohara, Jeevan Gurung, Raj Khanal | Brisbane | |
Saphalta Basnet, Aliza Shrestha, Namrata Baskota, Shova Gurung | Brisbane | |
Suzana Bharatee, Nisha Rajbhandari, Subasana Shrestha, Pabitra Bhujel | Melbourne | |
Kumari Karki, Bir Chhetri, Dibya Chhetri, Bikash Chhetri | Cairns |