अमेरिकाको सानफ्रान्सिस्कोमा भारतीय नाकाबन्दीविरुद्ध प्रदर्शन


ef/tLo c3f]lift gfsfaGbL] lj?4 cd]l/sfsf] ;fgk|mflG;:sf] ;x/df cfof]lht lj/f]w ¥ofnLdf g]kfnsf] /fli6«o em08f ;lxt ;of}Fsf] ;ªVofdf ;xefuL k|jf;L g]kfnLx? . Soflnkmf]lg{ofdf lqmofzLn g]kfnL ;+3;+:yfn] ;+o’Qm ?kdf u/]sf] sfo{qmddf 6f9f 6f9f a;f]af; ug]{ g]kfnLx¿sf] pkl:ylt /x]sf] lyof] . tl:a/ M clUg rf}nfufO{, o’P;P, /f;;

भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरुद्ध अमेरिकाको सानफ्रान्सिस्को सहरमा अमेरिकामा रहेका नेपालीहरूबाट शुक्रबार प्रदर्शन भएको छ । सयौँको सङ्ख्यामा उपस्थित प्रवासी नेपालीहरूको ¥याली सिभिक सेन्टर युएन प्लाजाबाट सुरु भई बजार परिक्रमा गरेर पुनः सोही स्थानमा आएर विसर्जन भएको थियो । भारतीय बाणिज्य दूतावासमा बुझाउने ज्ञापनपत्र मणि पनेरुले पढेर सुनाउनुभएको थियो । समयाभावका कारण सोमबारमात्र भारतीय बाणिज्य दूतावास कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संयोजक तथा एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँले जानकारी गराउनुभयो । क्यालिफोर्नियामा क्रियाशील नेपाली सङ्घसंस्थाले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा अमेरिकाका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?