ऊर्जाका लागि टर्कीले वैकल्पिक उपाय खोजिने


Turkeyटर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले रसियाले टर्कीलाई दिँदै आएको ग्यासलगायत पेट्रोलियम पदार्थमा रोक लगाउनु ठिक निर्णय नभएको बताउनुभएको छ । एर्डोगानले भन्नुभयो, रसिया टर्कीमा ऊर्जा आपूर्ति गर्ने प्रमुख राष्ट्र हो । तर पछिल्लो समय टर्की र रसियाबीच देखिएको तनावका कारण रसियाले ऊर्जा आपूर्तिमा बन्देज लगाएमा टर्कीले वैकल्पिक उपाय सोच्न बाध्य हुनुपर्ने छ, उहाँले थप्नुभयो । ऊर्जा समस्या समाधानका लागि रसियाले टर्कीलाई सहयोग पु¥याउँदै आए पनि यदि हालै टर्कीले रसियाली विमानमा हवाई आक्रमण गरी खसालेको कुरालाई थप तनाव तिर लग्नखोजे टर्की चुप लागेर नबस्ने बताउनुभयो । टर्कीलाई ऊर्जा सम्बन्धी विभिन्न समानको आयतका लागि टर्कीले वैकल्पिक आपूर्तिका लागि अघि बढ्ने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?