सांसदको तिव्र विरोधपछि शुष्मा स्वाराज, हामी राजनीतिक समाधान चाहन्छौं


susma sworajआज एउटा संवेदनशील मुद्दामा संवेदनशील तरिकाबाट बहस भएको छ । बोल्ने १४ जनामध्ये सबैले आफ्नो बेदनाका साथ भनाई राखे । ति नेपालीका बारेमा पनि वेदना अभिव्यक्त गरेका छन् जो औषधि नपाएर छटपटाइरहेका छन् र ति मधेशीका बारेमा पनि बेदना बोलिएको छ कि मधेशीहरुले अधिकार पाएका छैनन् । एउटा प्रभावकारी कदम जसले मधेशी र नेपाली दुबैलाई राहत पाउनुपर्छ भन्ने आजको निष्कर्श हो भन्ने मैले ठानेकी छु । पवन वर्माजीले यो स्थितिलाई एकदमै बिग्रिएको भन्नुभयो । नेपाल र भारतको सम्बन्ध सदियौंदेखिको हो । ऐतिहासिक, भौगोलिक र धार्मिक र अध्यात्मिक पनि । तर, राज्यसत्ताको विषयमा पनि म स्पष्ट पारिदिन्छु कि १७ वर्षसम्म कुनै भारतीय प्रधानमन्त्री नेपाल पुगेकै थिएन यसले नै भन्छ कि स्थिति कस्तो थियो यसैले भन्छ । २३ वर्षसम्म विदेशमन्त्री कोही पुगेको थिएन यतिबेलासम्म कोही गएको थिएन । स्थिति कस्तो थियो सम्बन्ध कस्तो थियो यसैले बताउँछ । तर, म गएँ । त्यसले नै मित्रताको बाटोहरु खुल्यो । यसको चार दिनपछि प्रधानमन्त्री नेपाल जानुभयो । त्यो नेपालको उहाँको यात्रा मात्र भएन उहाँले नेपाललाई भारतमय बनाइदिनुभयो । उहाँले भन्नुभयो नेपाल बुद्धमय भयो । उहाँले संविधानसभालाई भन्नुभयो ऋषिमनले संविधान बनाउनुहोला यो कुनै हस्तक्षेप थिएन । भारत कहिल्यै पनि हस्तक्षेप गर्न पनि चाहँदैन । उहाँ नेपालबाट यो सम्बन्ध बनाएर फर्किनुभयो । २०१५ अप्रिलमा भुकम्प आयो त्यहाँ ६ घण्टाभित्र पुग्ने देश भारत नै थियो । हाम्रो ठूल्दाई व्यवहार हो रु होइन, बिग ब्रदर होइन बडेभाईका केयरिंग एटिट्युड थियो । हामीले खान खुवायौं एउटा दाजुको रुपमा पुग्यौं, तातो खाना खुवायौं, औषधि, डाक्टर यो अरु देशले ल्याउन सक्दैनथे । हामीले लग्यौं । यसपछि अन्तर्राष्ट्रिय सहायता सम्मेलन भयो । १२ हजार करोड भारुको सहयोग हामीले गर्ने निर्णय गरेका थियौं । यतिधेरै सहयोग गरेर जुन वाहवाही भएको थियो त्यसलाई हाईहाई गराउने हाम्रो नियत होइन । २ हजार होइन, ११ हजार ट्रक नाकामा बसेका छन् । जब खुल्छ तब भित्र छिरिहाल्नको लागि । तर, जुन नाका खुलेका छन् ति सबै रक्सौल नाकाबाट नै जाने सामान हुन् । अन्यत्रबाट त गइरहेका छन् । रक्सौलबाट मात्र नगएको हो । जहाँबाट दैनिक ४ सय ट्रक जान्थे त्यहाँबाट ८ सय ट्रक गइरहेका छन् । नेपालीले जे भने त्यही सत्य भन्ठान्नुहुन्छ रु ११ हजार ८ सय ६ ट्रक त्यही रोकिएका छन् । औषधिको कुरा गर्नुहुन्छ, औषधिको लिष्ट दिनुहोस् हामी पठाउछौं भनेर भनेकै भनेका छौं । हामी मानवीय रुपमा गिरेका छैनौं, हामीलाई थाहा छ जो अस्पतालमा छ त्यसले कसले नाकाबन्दी गरेको भन्ने मतलब हुँदैन । हामीले औषधि पठाउँदैछौं भनेर । नेपाल र भारतकाबीचमा सम्बन्ध विगार्न चाहनेहरु मणिजी त हुनुहुन्थ्यो । भन्दै हुनुहुन्थ्यो भारतले होइन मोदी सरकारले नाकाबन्दी गरेको हो । उहाँको त काम नै झगडा गराउने हो । त्यसैले पवनजी तपाईंले गलत कुरा गर्नुभयो । विदेश मन्त्रालय र दूतावास एकदम एकसाथ मिलेर काम गरिरहेका छन् । केहीले भने त्यहाँ हिन्दू राज्यको कुरा भइरहेको थियो । जब स्वयं प्रधानमन्त्रीले भन्नुभयो, संघीय लोकतान्त्रिक गणतन्त्र । जब कहाँबाट आयो भारतले राजतन्त्र ल्याउन चाह्यो रु यो सब गलत हो । डा। करण सिंहलाई म धन्यवाद दिन चाहन्छु । मधेशी नभएर पनि तपाईंले मधेशीको कुरा बुझ्नुहुन्छ भन्ने मैले सोचेको थिइनँ । तर, यति सन्तुलित रुपमा उहाँले जुन कुरा राख्नुभयो त्यसको म प्रशंसा गर्दछु । अन्तरिम संविधानमा जे कुरा थिए यी कुरा राख्नुभयो । वैवाहिक अंगीकृत नागरिकता नै नेपालको संविधानमा राखिएन । कुनै प्रकारको बेचैनी मनमा राख्न आवश्यक छैन । शरदजीलाई म भन्न चाहन्छु नेपालको विषयमा पहिलेका सरकारले जे निर्णय लिएका थिए त्यही बाटोमा अघि बढ्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । अचानक संविधान पारित हुँदैथ्यो । दुईदिनभित्रमा यो सब अचानक भयो । यसअघि त हामी सबै नेताहरुसँग छलफलमै थियौं । प्रचण्ड, बाबुराम, ओली, विद्या भण्डारी, देउवा सबैसँग कुरा गरिरहेकै थियौं । तर, अन्तरिम संविधान भन्दा पनि पछि हटेर संविधान पास हुन्छ भन्ने कसैले सोच्न सक्छ रु विना छलफल पास गरिएको संविधान कसरी अचानक आयो रु हामीले विदेश सचिवलाई पठायौं र भन्यौं कि यदि यो आन्दोलन सुरु भयो मधेशमा केही भयो भने त्यसको असर भारतमा पर्छ । त्यसैले यति मात्र भन्न पुगेका थिए विदेशसचिव । मधेशीलाई जब लाग्यो कि आफ्ना माग पूरा हुँदैनन तब मधेशी आन्दोलित भए । अन्तरिम संविधानमा भएका अधिकार दिनुपर्छ भनेर सुशील कोइरालाले संशोधन ल्याउनुभयो । के गर्ने हो बताइदिनुहोस् । भारत स्वायत्त छ त्यसमा केही नगरौं पनि भन्ने केही गरेन पनि भन्ने के हो यो रु हामीलाई थाहा छ, नेपाल स्वाधिन मुलुक हो । हामी आदेश दिँदैनौं । हामी सुझाव दिन्छौं । त्यसैले बारम्बार हामीले सुझाव दिएका हौं । नेपालमा केही भयो भने भारतमा असर पर्छ । त्यसैले हामी बारम्बार यही भनिरहेका छौं । हामीसँग मात्र दूई विकल्प छन् एक धर्नामा बसेका सबैलाई किचेर अघि बढ्ने या आन्दोलनकारीको गाली खाएर ज्यान गुमाउने । अब यी दुबै कुरा नहुने हो भने हामीले मात्र यति भन्न सक्छौं राजनीतिक समाधान खोजौं । राजीव गान्धीले सावा सालसम्म नाकाबन्दी गरेका थिए । हामीलाई अहिले आरोप लगाउने रु काँग्रेसले यतिबेला हाम्रो विरोध गर्नुको कुनै तुक छैन । हामी यति भन्न चाहन्छौं यदि संसदीय समिति बुझ्नका लागि पठाउने हो भने यसको लागि पनि तयार छौं । मैले बुझे अनुसार सदन र सरकारको भावनामा कुनै पनि अन्तर छैन । राजनीतिक हल निकाल्नुपर्दछ यो सबै समस्याको । मधेशीलाई न्याय मिलोस् र नेपाली जसले कष्ट पाएका छन् उनीहरुले पनि नपाउन् । नेपालको आपूर्ति सहज होस् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?