जीवित कछुवासहित दुई पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरोले दुर्लभ वन्यजन्तु कछुवाको चोरी सिकारीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बारा उमजन घर भएका २७ वर्षीय साहेव महतो र महोत्तरी घर भएका २८ वर्षीय अर्जुन शाह रहेका छन् । गैरकानुनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि १९७५ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तु कछुवा बेचबिखन तथा ओसारपसार गर्न लागेको सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले ललितपुरबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउपछि जीवित पाँच कछुवा उद्धार गरी उचित संरक्षणका लागि सदर चिडियाखाना जावलाखेल पठाइएको प्रहरीले जनाएको छ ।